• १३ असोज २०८१, आइतबार

ताप्लेजुङ ब्याडमिन्टन सङ्घमा सिङ्घक चयन

blog

जिल्ला ब्याडमिन्टन सङ्घ ताप्लेजुङको नवगठित कार्यसमिति। तस्बिर : चन्द्र पन्दाक।

चन्द्र पन्दाक

ताप्लेजुङ, फागुन १३ गते। जिल्ला ब्याडमिन्टन सङ्घ ताप्लेजुङ अध्यक्षमा सुरेश सिङ्घक चयन हुनुभएको छ। सदरमुकाम फुङ्लिङमा सम्पन्न ब्याडमिन्टन सङ्घको वार्षिक साधारण सभा तथा पाँचौँ जिल्ला अधिवेशनले सिङ्घक अध्यक्ष नयाँ जिल्ला कार्यसमिति चयन गरेको हो।

कार्यसमितिको प्रथम उपाध्यक्षमा वसन्तकुमार गुरुङ, उपाध्यक्षमा प्रेमराज लिम्बू, सचिव रामकुमार गुरुङ र कोषाध्यक्ष गङ्गाराम गुरुङ चयन हुनुभएको छ। शनिबार सम्पन्न साधारण सभाले नयाँ कार्यसमिति चयन गरेसँगै सोही दिन बसेको नवगठित कार्यसमितिको पहिलो बैठकले सुरोज मादेन र सागर गुरुङलाई उपाध्यक्षमा मनोनीत गरेको छ। 

मनोनीत दुईजना उपाध्यक्षसहित ब्याडमिन्टन सङ्घको १३ सदस्यीय जिल्ला कार्यसमिति बनेको छ। कार्यसमिति सदस्यहरूमा सूर्यमान ओख्राबु, नरेन्द्रकुमार इधिङ्गो, किशोर आङ्बुहाङ, हर्कमति लिम्बू, सरोजकुमार लिम्बू र नन्दकुमार बानियाँ रहनुभएको छ। फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेनको प्रमुख आतिथ्यमा साधारण सभा तथा जिल्ला अधिवेशन सम्पन्न गरिएको हो।

नवगठित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई निर्वाचन समितिका संयोजक एवम् कानुन व्यवसायी धनबहादुर थापाले पद तथा गोपनीयताको शपथग्रहण गराउनुभएको थियो। यता ब्याडमिन्टन सङ्घको जिल्ला नेतृत्वमा चयन भएसँगै अध्यक्ष सिङ्घकले तीन कोर्ट भएको सुविधा सम्पन्न ब्याडमिन्टन हल निर्माण तथा व्यवस्थाका लागि कार्यसमिति लागिपर्ने बताउनुभएको छ।