• १३ असोज २०८१, आइतबार

वर्ष पुरुष र महिला खेलाडीको प्रारम्भिक मनोनयन सार्वजनिक

blog

मनोनयनमा पर्न सफल क्रिकेटका आसिफ सेख ।

काठमाडौँ, माघ २१ गते । २०औँ संस्करणको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डका लागि वर्ष पुरुष र महिला खेलाडीको प्रारम्भिक मनोनयन सार्वजनिक गरिएको छ । नेपाल खेलकुद मञ्चले आइतबार वर्ष पुरुष र महिला खेलाडीको मनोनयनमा पर्न सफल उत्कृष्ट आठ/आठ जनाको नाम सार्वजनिक गरेको हो । 

अवार्डका निम्ति पुरुषतर्फ क्रिकेटका आसिफ सेख, एथलेटिक्सका दीपक अधिकारी र मुकेश पाल, भलिबलका मानबहादुर श्रेष्ठ, पौडीका नासिर याहा हुसैन, क्रिकेटका रोहित पौडेल, बुद्धिचालका रुपेश जैसवाल र गल्फका सुवास तामाङ मनोनयनमा पर्नुभएको छ । 

यस्तै महिलामा फुटबलकी अमिशा कार्की, बास्केटबलकी अनुशा मल्ल, पौडीकी डुवाना लामा, एथलेटिक्सकी जयरानी थारु, जुडोकी पुनम श्रेष्ठ, एथलेटिक्सकी पुष्पा भण्डारी, एथलेटिक्सकै राजपुरा पछाई र ट्रायथलनकी श्रेवी महर्जन मनोनयनमा हुनुहुन्छ । 

मञ्चले अवार्डको अर्को विधा पिपल्स च्वाइसको मनोनयन यसअघिनै सार्वजनिक गरिसहेको छ । पिपल्स च्वाइसको मनोनयनमा फुटबलका अनन्त तामाङ, करातेका विप्लवलाल श्रेष्ठ, भलिबलकी निरुता ठगुन्ना, टेबलटेनिसकी सिक्का सुवाल श्रेष्ठ र शारीरिक सुगठनकी रजनी श्रेष्ठ हुनुहुन्छ । माघ २८ गते हुने अवार्डका लागि वर्षका उत्कृष्ट युवा खेलाडी र प्रशिक्षक विधाको मनोनयन पनि छिटै सार्वजनिक गरिने मञ्चले जनाएको छ ।

यस्तै पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम अचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्डको घोषणा अवार्ड कार्यक्रमकै दिन गरिनेछ । वर्ष पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइस गरी पाँच विधाका विजेताले बजाज पल्सर मोटरसाइकल पाउनेछन् । अन्य विधाका विजेतालाई जनही ५० हजार रुपियाँ र गिफ्ट ह्याम्पर प्रदान गरिने बनाइएको छ ।