काठमाडौं, पुस २२ गते । सुडानको सङ्क्रमणकालीन सार्वभौम परिषद्का अध्यक्ष तथा सुडानी सशस्त्र बल (एसएएफ) का जनरल कमाण्डर अब्देल फताह अल–बुर्हानले सेनाले अर्धसैनिक र्यापिड सपोर्ट फोर्स (आरएसएफ) सँग लडाइँ जारी राख्ने बताउनुभएको छ ।
विद्रोहीहरूसँग कुनै मेलमिलाप वा सम्झौता नहुने उहाँले स्पष्ट पार्नुभएको हो । उहाँले पूर्वसुडानी प्रधानमन्त्री अब्दल्ला हमडोकको नेतृत्वमा रहेको सुडानी राजनीतिक गठबन्धन, सिभिलियन डेमोक्रेटिक फोर्सेसको समन्वयको बीचमा हालै हस्ताक्षर गरिएको घोषणाको आलोचना गर्नुभयो ।
सुडानले १५ अप्रिल, २०२३ देखि एसएएफ र आरएसएफबिचमा द्वन्द्व भइरहेको छ । संयुक्त राष्ट्र सङ्घको कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार यस लडाइँमा १२ हजारभन्दा बढी मानिस मारिएका छन् । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल