• १४ असार २०८१, शुक्रबार

धनगढीको सडकमा साइकल लेन सञ्चालन

blog

साइकल लेनमा नगर प्रमुख गोपाल हमालसहित साइकल यात्री साइकल चलाउँदै । तस्बिर : कमल साउँद

अविनाश चौधरी

धनगढी, पुस २१ गते । कैलालीको धनगढीस्थित ६ लेन सडकमा साइकल लेन सञ्चालनमा आएको छ । धनगढी उपमहानगरपालिकाले पहिलो चरण अन्तर्गत भन्सारदेखि धनगढी विमानस्थलसम्म साइकल लेन बनाएको हो । 

आज एक कार्यक्रमकाबिच धनगढी उपमहानगरपालिकाका उपप्रमुख कन्दकला रानाले हरियो झन्डा देखाएर साइकल लेनको उद्घाटन गर्नुभयो । धनगढी उपमहानगरपालिकाले ६ लेन सडकमा ४४ लाख ९१ हजार रुपियाँ खर्चेर साइकल लेन बनाएको हो । 

कैलाली भन्सारदेखि विमानस्थल गेटसम्म ७.१४ किलोमिटर दायाँ र त्यत्ति नै दूरीमा बायाँ गरी ६ लेनको दुवैतिर साइकल लेन बनाएको छ । उद्घाटनपछि नगर प्रमुख गोपाल हमालसहित साइकल यात्रीले साइकल लेनमा साइकलसमेत चलाएका थिए । सो क्रममा हमालले सबै साइकल यात्रीलाई साइकल लेनमा मात्र साइकल चलाउन आग्रह गर्नुभयो ।