• ८ असार २०८१, शनिबार

दिल्ली प्रहरीद्वारा इजरायली दूतावासमा भएको विस्फोटको रिपोर्ट दर्ता

blog

नयाँदिल्ली, पुस १४ गते । दिल्ली प्रहरीले डिसेम्बर २६ मा इजरायली दूतावास नजिक भएको सन्दिग्ध विस्फोटको विषयमा रिपोर्ट दर्ता गरेको दिल्ली प्रहरीले जनाएको छ । 

बम स्वाड टोलीका शीर्ष अधिकारीका अनुसार विस्फोटको रिपोर्ट दिल्ली पुलिसलाई बुझाइने छ ।

दिल्ली प्रहरीका अनुसार विस्फोटको कारण अझै पत्ता लाग्न सकेको छैन, उनीहरू फोरेन्सिक रिपोर्ट कुरिरहेका छन् । प्रहरी हरेक तरिकाबाट अनुसन्धानमा लागिरहेको छ । 

मङ्गलबार दिल्ली प्रहरीलाई चाणक्यपुरी कूटनीतिक क्षेत्रमा इजरायली दूतावास नजिकै विस्फोटको सुनिएको फोन प्राप्त भयो । तर अधिकारीहरूले घटनास्थलमा केही प्रमाण नभेटिएको बताएका थिए ।  

दूतावास क्षेत्रमा अर्ध सैनिक बल तैनाथ गरेको दुई दिन पछि प्रहरीले इलाका नजिकै विस्फोट भएको सुनेको सुरक्षा अधिकारीले जानकारी दिए ।

अनुसन्धान पछि दुई सन्दिग्धलाई नियन्त्रणमा लिएको थियो । तर उनीहरूको संलग्नता भने अझै पुष्टि गरेको छैन ।

भारतका लागि इजरायली उपराजदूत ओहद नकास कायनारले दूतावासका सबै कर्मचारी तथा कूटनीतिज्ञ सकुशल रहेको पुष्टि गरेका छन् । रासस/एएनआई