• २७ वैशाख २०८२, शनिबार

कमजोरी भए सच्याउन सदैव तत्पर रहनुपर्छ : उपसभापति खड्का

blog

बागमती प्रदेशस्तरीय प्रशिक्षणमा सहभागीहरुबिचमा उपसभापति खड्का ।

काठमाडौँ, मङ्सिर २९ गते । उपप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पार्टी र सरकारका तर्फबाट कमी कमजोरी भए सच्याउन सदैव तत्पर रहनुपर्ने बताउनुभएको छ । 

आज पार्टीको बागमती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा पार्टीको पुरानो नेतृत्वले स्थापित गरेका कतिपय मूल्य मान्यता भत्कँदै गएको स्वीकार गर्दै उपसभापति खड्काले यस प्रशिक्षणले ती कमीकमजोरी सच्याउन सहयोग पुग्नेमा विश्वास व्यक्त गर्नुभयो । 

उहाँले कार्यकर्तालाई आम नागरिकमा पुगेर पार्टीले गरेका राम्रा कामको प्रचारप्रसार र सच्याउनुपर्ने कमीकमजोरीप्रति सजग गराउने दायित्व पूरा गर्न निर्देशन दिनुभयो । 

बागमती प्रदेश प्रशिक्षण विभागको संयोजनमा आयोजित प्रशिक्षणमा कार्यकर्तालाई बागमती प्रदेशको तल्लो तहसम्म पुगेर कांग्रेसलाई जनजनमा पुराउन, समयसापेक्ष परिवर्तन हुन र जनताप्रति जिम्मेवार र उत्तरदायी भएर काम गर्न पनि उपसभापति खड्काले निर्देशन दिनुभयो । 

उपसभापति खड्का पार्टीको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान प्रमुखसमेत हुनुहुन्छ ।

प्रतिष्ठानले आयोजना गरेको तीन दिने प्रशिक्षणमा बागमती प्रदेशका ६६ प्रदेश निर्वाचन क्षेत्रबाट एक-एक जना सहभागी थिए ।