जानु पाण्डे
कपिलवस्तु, मङ्सिर १९ गते। कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा २० औँ सामुदायिक महिला स्वयंसेविका दिवस मनाइएको छ। मङ्गलबार नगरपालिकामा रहेका १० स्वास्थ्य चौकीको आयोजनामा दिवस मनाइएको स्वास्थ्य शाखाले जनाएको छ। जयनगर स्वास्थ्य चौकीमा स्वयंसेविकाले समुदायमा पुराएको योगदानको विषयमा अन्तरक्रियाको आयोजना भएको हो।
अन्तरक्रियामा बोल्दै बुद्धभूमि नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष सुरजप्रताप राणाले स्वयंसेविकाले समुदायका कुना कुनामा स्वास्थ्यको पहुँच पुराएको बताउनुभयो।
उहाँहरूको सक्रियताको कारण स्वास्थ्य सम्बन्धी सूचकमा सुधार आएको चर्चा गरिएको थियो। दिवसको अवसरमा सामुदायिक महिला स्वयंसेविकाले गरेको कामको मूल्याङ्कन गर्दै प्रशंसा गरिएको स्वास्थ्य चौकी प्रमुख डोलविक्रम बेल्बासेले बताउनुभयो।