• २ असार २०८१, आइतबार

भरूवा बन्दुकको छर्रा लागेर युवकको मृत्यु

blog

दोलखा, मङ्सिर १७ गते । दोलखामा भरुवा बन्दुकको छर्रा लागेर एक युवकको मृत्यु भएको छ । तामाकोशी गाउँपालिका–२ झुलेस्थित डाँडावारी जम्बोटे जङ्गलमा सिकार खेल्न गएका सोही ठाउँ बस्ने २० वर्षीय सन्जीव सार्कीको भरूवा बन्दुकको छर्रा लागेर मृत्यु भएको हो ।

सन्जीव समेतका सात जना शनिबार राति उक्त जङ्गल गएको, सन्जिबले बोकेको भरुवा बन्दुकको काठको बट भाँचिई फायर हुँदा छर्राले लागेर सन्जीव घाइते भएका थिए ।

तामाकोशी अस्पताल दोलखामा सामान्य उपचार पश्चात थप उपचारका लागि पशुपति चौलागाँई स्मृति अस्पताल चरिकोटमा आइतबार बिहान सन्जीवको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले सिकार खेल्न गएका अन्य ६ जनालाई नियन्त्रणमा लिई घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।