• ४ जेठ २०८१, शुक्रबार

तीनकुनेमा राष्ट्रिय युवा सङ्घको प्रदर्शन

blog

नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघले तीनकुनेमा गरेको प्रदर्शन । तस्बिर : केशब गुरुङ

काठमाडौं, मङ्सिर ७ गते । काठमाडौँको तीनकुनेमा नेकपा (एमाले) निकट राष्ट्रिय युवा सङ्घले प्रदर्शन गरेको छ । प्रदर्शनमा युवा सङ्घका नेता कार्यकर्ताको उपस्थिति रहेको छ भने अहिले प्रदर्शन जारी छ ।

प्रदर्शनमा नेकपा एमालेका नेता महेश बस्नेतलगायत युवा सङ्घका नेता, कार्यकर्ताहरू रहेका छन् । युवा सङ्घका नेता कार्यकर्ताहरूले पार्टीको झण्डासहित तीनकुनेमा विरोध प्रदर्शन गरेका छन् । मेडिकल व्यवसायी दुर्गा प्रसाईँको नेतृत्वको समूहले पनि बिहीबार नै काठमाडौँको बल्खुमा प्रदर्शन गरेको छ । हाल तिनकुनेको अवस्था सामान्य रहेको छ ।



यो पनि पढ्नुहोस

बल्खुमा दुई समूहबिच झडप र ढुङ्गा हानाहान