• ७ जेठ २०८१, सोमबार

सुदूरपश्चिम सरकारले राष्ट्रिय क्रिकेटका तीन खेलाडीलाई १६ लाख पुरस्कार दिने

blog

सुदूरपश्चिम सरकारले यसअघि पनि आफ्ना खेलाडीलाई सम्मान गर्दै आएको छ । तस्बिर : भवानी ऐर

भवानी ऐर
गोदावरी (कैलाली), कात्तिक २७ गते ।
सुदूरपश्चिम प्रदेश सरकारले राष्ट्रिय क्रिकेट टोलीका तीन जना खेलाडीलाई १६ लाख रुपियाँ पुरस्कार दिने घोषणा गरेको छ । सुदूरपश्चिम प्रदेशका युवा तथा खेलकूद विषयगत मन्त्रालय सम्हालिरहनुभएका सामाजिक विकासमन्त्री झपटबहादुर साउदले यस्तो बताउनुभएको हो ।

नेपाललाई टी–२० विश्वकपमा पुर्‍याउन सफल भएको भन्दै सुदूरपश्चिम प्रदेश सरकार मन्त्रlपरिषद| बैठकले दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी र सन्दीप जोरालाई पाँच/पाँच लाख रुपियाँ पुरस्कारसहित सम्मान गर्ने भएको मन्त्री साउँदले बताउनुभयो ।

एसियाली खेलकुदमा विश्व रेकर्ड बनाउन सफल दीपेन्द्रले भने थप एक लाखसहित ६ लाख रुपियाँ पुरस्कार पाउनुहनेछ । उहाँले मङ्गोलियासँगको खेलमा नौ बलमै अर्धशतक प्रहार गरी विश्व रेकर्ड बनाउनुभएको थियो ।