• ११ मंसिर २०८१, मङ्गलबार

नवलपुरमा दुई करोड बढी लगानीमा सिनेमा हल

blog

पूर्वी नवलपरासी जिल्लामा सिनेमा हल सञ्चालन हुने । तस्बिर : मीना कंडेल

मीना कंडेल
कावासोती, कात्तिक १३ गते ।
पूर्वी नवलपरासी जिल्लामा सिनेमा हल सञ्चालन हुने भएको छ । कावासोतीमा यस अघि सञ्चालनमा रहेको गणपति फिल्महलमै सुविधा सम्पन्न सिनेम्याक्स सञ्चालनको तयारी गरिएको छ ।

चलचित्र हेर्नका लागि नारायणगढ बुटवल जानु पर्ने यहाँका दर्शकका लागि यहाँको हल सञ्चालनमा आउने भएपछि यस क्षेत्रका दर्शकहरु चलचित्र हेर्नैको लागि टाढा जानु पर्ने बाध्यता हट्ने छ । पुरानो हललाई व्यस्थित र सुविधा सम्पन्न रुपमा परिमार्जन गरी सञ्चालनको तयारी गरिएको सञ्चालक भरत मल्लले बताउनुभयो । तिहार अगाडिबाट नै फिल्म सञ्चालन हुने मल्लले बताउनुभयो ।

कावासोती सिनेम्याक्समा दैनिक रुपमा विहानदेखि रात्रि शो समेत सञ्चालन हुनेछन् । सबैलाई आफ्नो समयानुकूल फिल्महेर्ने वातावरण मिलाउने गरी शोहरु सञ्चालन गरिने मल्लले बताउनुभयो ।


कावासोतीका दर्शकले काठमाडौंमा रिलिज हुने फिलिम सोही दिन यहिबाट हेर्न पाउनेछन् । कावासोतीमा सञ्चालन हुन लागेको हल उच्च प्रविधि मैत्री हुने छ । आरामदायी सिट, ठूलो पर्दा, पार्किङको सुविधा, क्याफेसहित हल सञ्चालन हुन लागेको हो । करिब दुई सय २५ सिट क्षमतामो हलमा दुई वटा विशेष क्याबिन कक्ष समेत रहने छन् । जसमा करिब ३० सिट क्षमता रहने छ ।

एउटै पनि सिनेमा हल सञ्चालनमा आउन नसकिरहेको अवस्थामा कावासोतीमा रहेको गणपति चलचित्र हल नामले चिनिएको पुरानो सिनेमा हललाई मर्मत गरी सिनेम्याक्सको नाममा यही तिहार अगाडिबाट सञ्चालनमा आउने भएको हो । हल पुनर्निर्माण गर्दा साढे दुई करोड बढी खर्च भएको जनाइएको छ ।