• २१ वैशाख २०८१, शुक्रबार

कलेजो प्रत्यारोपण पूर्ण सफल, सासूबुहारी भए डिस्चार्ज

blog

काठमाडौँ, कात्तिक ११ गते । गत असोज २६ गते कलेजो प्रत्यारोपण गरिएका सासूबुहारी डिस्चार्ज भएका छन् । 

६२ वर्षीय सासूलाई उहाँकी ३७ वर्षीय बुहारीले आफ्नो आधा कलेजो दान गर्नुभएको थियो । धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले बुहारी छ दिन र सासू १२ दिनपछि डिस्चार्ज भएको जानकारी दिनुभयो । उहाँले अङ्गदाता र ग्रहणकर्ता दुवैको स्वास्थ्य सामान्य रहेको जानकारी दिनुभयो । 

देशमै पहिलो पटक कलेजो प्रत्यारोपण सेवाको सुरुवात गरेको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र कलेजो प्रत्यारोपणमा आत्मनिर्भर बन्दै गएको छ । संसारमै सबैभन्दा जटिल शल्यक्रिया मानिने कलेजो प्रत्यारोपण डा. पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा स्वदेशी चिकित्सकको दक्षता वृद्धि हुँदै न्यूनतम शुल्क १५ लाख रुपियाँमा हुने गरेको छ । 

केन्द्रमा २०७३ मङ्सिर २२ गते, दक्षिण कोरियाको सामसुङ्ग मेडिकल सेन्टरका चिकित्सकको प्राविधिक सहयोगमा पहिलो पटक कलेजो प्रत्यारोपण भएपश्चात् छिमेकी राष्ट्र 

भारतको विशेषज्ञ चिकित्सकको सहयोगमा निरन्तरता पाउँदै आएको छ । पछिल्लो तीन कलेजो प्रत्यारोपण केन्द्रले एक जना मात्र भारतीय चिकित्सक लेकसोर अस्पतालका डा. शिल्भाकुमार नागानाथमले सघाएको छ ।