• १५ मंसिर २०८१, शनिबार

तीन दिने दोस्रो मनकामना महोत्सव हुने

blog

अर्जुन काफ्ले 

स्याङ्जा, कात्तिक ५ गते । बिरुवा गाउँपालिका ७ स्थित मनकामना मन्दिरमा दोस्रो मनकामना महोत्सव २०८० आयोजना गरिनेभएको छ । कात्तिक ९ गतेदेखि ११ गतेसम्म महोत्सव आयोजना गरिनेभएको हो । 

‘दोस्रो मनकमना महोत्सव सफल पारौ, धार्मिक्, सास्कृतिक्, पर्यटन तथा खेलकुद विकासमा टेवा पुर्याउँ’ नारासहित आयोजना हुने महोत्सवमा स्थानीय कला सस्कृति, कृषि उत्पादनको प्रदर्शनी, हस्तकला प्रदर्शनी शैक्षिक प्रदर्शनीका साथै स्थानीय तथा राष्ट्रियस्तरमा ख्यातिप्राप्त कलाकारको साङ्गितिक तथा हास्यव्यङ्य प्रस्तुति रहने बताइएको छ ।

खेलकुदतर्फ प्रथम होमबहादुर राना कप खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना गरिने प्रचार प्रसार संयोजक धनबहादुर थापाले बबताउनुयो । भलिबलमा प्रथमले एक  लाख ११ हजार १११, द्वितियले ७१ हजार १११, तृतीयले ४१ हजार १११ र चौथोले २१ हजार १११ रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

स्याङ्जाको आसपास तथा विभिन्न ठाउँबाट भक्तजनको व्यापक सहभागिता रहने यस मन्दिर अहिले पुनः निर्माणको चरणमा रहेको छ । मन्दिर निर्माण सम्पन्न हुन करिब सात करोड लागत अनुमान गरिएकोमा अहिले दुईमध्ये एक मुख्य मन्दिर पुनः निर्माणको चरणमा रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तथा बिरुवा गाउँपालिका – ७ का वडा अध्यक्ष मेखराज गुरुङले बताउनुभयो ।

महोत्सब सम्पन्न गर्न १५ लाख खर्च हुने अनुमान आयोजक समितिले गरेको छ ।