• ७ माघ २०८१, सोमबार

प्रहरी र पत्रकार बीच शुभकामना आदानप्रदान

blog

जिल्ला प्रहरी कार्यालय सुनसरीको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम । तस्बिर : जयकृष्ण यादव

जयकृष्ण यादव
इनरुवा, कात्तिक ३ गते ।
जिल्ला प्रहरी कार्यालय सुनसरीको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । प्रहरीले आफ्नो एकमहिने प्रगति विवरण सार्वजनिकसहित प्रहरी र पत्रकारबीचमा एकले अर्कालाई सुस्वास्थ्य, दीर्घायु, भाइचारा र आपसि सद्भावका लागि शुभकामना आदानप्रदान गरिएको हो ।

नेपालीहरुको महान् चाडपर्व दसैंको अवसर पारेर जिल्लाको शान्ति सुरक्षासहित प्रहरी परिचालन र नयाँ प्रहरी उपरीक्षक विपिन रेग्मी र प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारी भदौ २१ गतेदेखि हाजिर भएपछिको एकमहिने अवधिमा गरेको काम, कारवाही र प्रगति विवरण सार्वजनिक गरेको छ ।

प्रहरीले नागरिकको शान्ति सुरक्षा, कानुनको पालन आफूहरुको पहिलो प्राथमिकता भएको शुभकामना कार्यक्रममा प्रहरी उपरीक्षक विपिन रेग्मीले बताउनुभयो । चाडपर्वलाई लक्षित गरेर संवेनशील क्षेत्रहरुमा विशेष सुरक्षा योजना अनुसार प्रहरी परिचालन गरेको प्रवत्ता एवम् प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिनुभयो ।

भण्डारीका अनुसार एक महिनाको अवधिमा फरार अभियुक्तमध्ये ३० जना, लागू औषध कारोबारीमध्ये ३२ जना, चार जना थप भारतीय, गाँजा एक सय १९ केजी ६०० ग्राम बरामद गरेको छ ।

यसैबीच, प्रहरी र पत्रकार बीचमा भएको शुभकामना आदानप्रदान कार्यक्रममा अर्जुन सुवेदी, जयकृष्ण यादव, अजितकुमार झा, अमर काफ्ले, विकल रेग्मी, त्रिलोचन पौड्याल, गणेश यादव, नसिम अन्सारीसहित ३० जना पत्रकार र प्रहरीले शुभकामना राख्नुभएको थियो ।