• १३ असोज २०८१, आइतबार

स्वदेश फर्किन तीन सयको निवेदन

blog

काठमाडौँ, असोज २८ गते । इजरायलमा हमासले आक्रमण गरेपछि असुरक्षित महसुस गरी स्वदेश फर्किन तीन सय जनाले निवेदन दिएका छन् । इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालका अनुसार इजरायल शान्त हुन नसकेपछि निवेदन दिनेको सङ्ख्या बढिरहेको छ । 

“निवेदन दिएका सबैलाई प्रक्रिया पूरा गरेर नेपाल फर्काउने तयारीमा छौँ,” उहाँले भन्नुभयो । इजरायलमा श्रमिकका रूपमा कुल चार हजार पाँच सय जना नेपाली कार्यरत छन् । नेपाल सरकारले इजरायलबाट शुक्रबार २५४ जना विद्यार्थीलाई स्वदेश फर्काएको छ । सुदूरपश्चिम विश्वविद्यालयमा अध्ययरत विपिन जोशी सम्पर्कविहीन हुनुहुन्छ । सोही विश्वविद्यालयका निधन भएका १० जनाको शव अझै स्वदेश ल्याउन सकिएको छैन । 

राजदूत रिजालले निधन भएका विद्यार्थीको शव ल्याउन इजरायलको प्रोटोकल पूरा भएपछि नेपाल पठाइने बताउनुभयो । इजरायलमाथि प्यालेस्टाइन विद्रोही समूह हमासले गत शनिबार आक्रमण गरेको थियो ।