• ४ जेठ २०८१, शुक्रबार

तिम्रो याद आउँछ (कविता)

blog

जब रात पर्छ, तिम्रो झल्को आउँछ 

निदाउँ निदाउँ भन्दा तिम्रो याद आउँछ । 


तिम्रो तस्बिर मुटुमा राखेकोले होला 

तिम्रो माया छातीमा टाँसेकोले होला 

भन्न बाँकी कति कुरा यही रातमा आउँछ  

निदाउँ निदाउँभन्दा तिम्रो याद आउँछ । 


तिम्रो सम्झनाहरू आँखामा राखेकोले होला 

तिम्रो हेराइ मनमा साँचेकोले होला 

के के भयो जिन्दगीमा यही रातमा आउँछ 

निदाउँ निदाउँभन्दा तिम्रो याद आउँछ ।


जब रात पर्छ, तिम्रो झल्को आउँछ 

निदाउँ निदाउँभन्दा तिम्रो याद आउँछ ।