• १५ मंसिर २०८१, शनिबार

स्थानीय तहका कर्मचारी आन्दोलित

blog

शेरबहादुर राई

ओखलढुङ्गा, असोज १९ गते । सरकारले ल्याउन लागेको सङ्घीय निजामती ऐनमा आफूहरुलाई विभेद गरेको भन्दै ओखलढुङ्गाका स्थानीय तहमा कार्यरत कर्मचारी आन्दोलित भएका छन् । 

जिल्लाका आठवटै स्थानीय तहमा कार्यरत कर्मचारीले पेनडाउन गरेका छन् । शुक्रबारदेखि अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरू बन्दगरी अनिश्चितकालिन पेनडाउन गरिएको स्थानीय तह सङ्घर्ष समिति सिद्धिचरण नगरपालिकाका सचिव सुनिता निरौलाले बताउनुभयो । 

संघीय निजामती विधेयकमा स्थानीय सेवामा काम गर्नेलाई कर्मचारी नै स्वीकार नगरिएकाले आन्दोलन गर्नुपरेको निरौलाको भनाइ छ । स्थानीय सेवामा कार्यरत कर्मचारीलाई समेटेर एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने, स्थानीय सेवाका कर्मचारीको सेवाको सुरक्षा हुनु पर्ने, समायोजन भएका कर्मचारीको उचित व्यवस्थापन गर्नुपर्ने लगायतका माग कर्मचारीले राखेका छन् ।

त्यस्तै, कर्मचारी कल्याण कोषको व्यवस्था हुनुपर्ने, स्थानीय कर्मचारीलाई ट्रेड युनियनको अधिकार दिनुपर्ने, अन्तरप्रदेश सरुवा लागू गर्नुपर्ने लगायतका कर्मचारीको माग छ ।