• ३ असार २०८१, सोमबार

सुपारी भारत निकासी गर्न आवश्यक पहल गर्न सरकार तयार : मन्त्री रिजाल

blog

प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हीत समिति बैठक । तस्बिर : गोरखापत्र

काठमाडौं, असोज १७ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले नेपालको सुपारी भारत निकासी गर्न आवश्यक पहल गर्न तयार रहेको बताउनुभएको छ । बुधबार प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा बोल्नुहुँदै मन्त्री रिजालले यस्तो बताउनुभएको हो ।

मन्त्री रिजालले सुपारी व्यवसायीहरूसँग छलफल गरेर यसको विषयमा सरकारले निर्णय लिने बताउनुभयो । उहाँले उद्योग मन्त्रालयले भारत सरकारसँग सुपारी निर्यातको लागि पत्रलेखेर सहजीकरण गर्ने विषयमा सरकार तयार रहेको बताउनुभयो । उहाँले नेपाल सुपारी खेती विकास संस्थालाई ओरिजिनल सर्टिफिकेट बनाउन उद्योग वाणिज्य महासङ्घले नगरी अरूलाई भारतले नचिन्ने जिकिर गर्नुभयो ।

मन्त्री रिजालले नेपालमा उत्पादित सुपारी गुणस्तरीय रहेकाले नेपालमा भन्दा पनि नेपाली उत्पादित सुपारीको बजार भारत नै भएको बताउनुभयो । उहाँले भारत निर्यातका लागि मन्त्रालयले सहजीकरण गर्ने तयार रहेको उल्लेख गर्नुभयो । उहाँले नेपालमा उत्पादित सुपारी गुणस्तरीय भएकाले नेपालका गुट्का उद्योगले खरिद गर्न नसक्ने भन्दै नेपाली सुपारीको बजार नेपाल नभएको दाबी गर्नुभयो । उहाँले भारत निर्यातको लागि भारत सरकारसँग सहजीकरणको लागि पत्र लेख्न पनि तयार रहेको बताउनुभयो ।

मन्त्री रिजालले बाहिरबाट नेपालमा सुपारी निर्यात गर्नुपर्ने बाध्यता रहेको जानकारी दिनुभयो ।  उहाँले नेपाल डब्लुटिओको पनि सदस्य भएकाले विना कुनै कारण कुनै वस्तु आयात रोक्न नपाउँने भएकाले समस्या रहेको बताउनुभयो ।

‘‘नेपाल सुपारी खेती विकास संस्थालाई ओरिजिनल सर्टिफिकेट बनाउन उद्योग वाणिज्य महासङ्घले नगरी अरूलाई भारतले चिन्दैन । नेपालमा उत्पादित सुपारी गुणस्तरीय छ । त्यसको बजार भनेको भारत नै हो । भारत निर्यातका लागि मन्त्रालयले सहजीकरण गरेर हुन्छ भने गर्न सक्छौँ । नेपालबाट निर्यात गर्न समस्या भएपछि भारतको अदालतमा पनि मुद्दा हाल्नुभयो । भारतको अदालतले निर्यात गर्न दियो । भारत भन्सारले बारम्बार समस्या आइरहेको छ । उहाँहरूको भनेको नेपालको बिग्रेको सुपारीको बजार हो । नेपालको गुट्का उद्योगहरूको १० देखि ३५ रुपियाँमा बिहारमा सप्लाई गर्छन् ।,’’ मन्त्री रिजालले भन्नुभयो, ‘‘नेपालमा उत्पादित सुपारी गुणस्तरीय भएकाले नेपालका गुट्का उद्योगले खरिद गर्न सक्दैनन् । उक्त सुपारीको नेपालको बजार होइन जस्तो बुझेको छु । भारत निर्यातको लागि भारत सरकारसँग सहजीकरणका लागि पत्र लेख्न पनि तयार छौं । मन्त्रालयसँग बसेर सकिने विषयमा मिनी संसद् ठुलो निकायमा व्यवसायीहरू आउनुभयो । बाहिरबाट सुपारी निर्यात गर्नुपर्ने बाध्यता छ । नेपाल डब्लुटिओको पनि सदस्य भएकाले विना कुनै कारण कुनै वस्तु आयात रोक्न पाउँदैन भन्छ ।’’

मन्त्री रिजालले नेपालको उद्योगहरूले १० हजार मानिसहरूलाई रोजगारी दिएको भन्दै सुपारी आयात रोक्दा १० हजार मानिसहरू बेरोजगार हुने सम्भावना रहेको बताउनुभयो । उहाँले नेपालमा उत्पादित सुपारी भारत निर्यातका लागि सरकार सहजीकरण गर्न तयार रहे पनि केही व्यवहारिक अप्ठ्यारो रहेको जिकिर गर्नुभयो ।