• १४ मंसिर २०८१, शुक्रबार

नेपाली सेनाको हेलिकोप्टरबाट वृद्धको उद्धार

blog

हेलिकोप्टरमार्फत वृद्धको उघार गर्दै नेपाली सेना । तस्बिर : गुणबहादुर रोका

गुणबहादुर रोका
सुलिकोट, असोज ९ गते ।
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका– २ स्यो छेवाङ दोर्जे वृद्ध भत्ता लिन जाँदा भिरबाट लडेर अचेत अवस्थामा पुगेपछि नेपाली सेनाको हेलिकोप्टरले उद्धार गरेको छ ।

सोमबार भीरबाट लडेर दोर्जेको टाउको, मुख, कान, नाकतिर चोट लागेको थियो । उहाँलाई मङ्गलबार बिहान नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको गोरखा–१ सांसद राजेन्द्र बजगाईले जानकारी दिनुभयो ।

७६ वर्षीय दोर्जेको तत्काल उद्धार गर्न खोज्दा गृह मन्त्रालयबाट अनुमति लिनुपर्ने भएकाले उद्धार गर्न केही समय लागेको उहाँले बताउनुभयो । गोरखाका उत्तरी क्षेत्र मनास्लु संरक्षण क्षेत्र भएकाले यस क्षेत्रलाई सरकारले निषेधित क्षेत्र घोषणा गरेको छ ।

यस क्षेत्रमा गृह मन्त्रालयको अनुमति नलिई तत्कालै हेलिकोप्टर उडाउन नपाइने अवस्था रहँदै आएको छ । निषेधित क्षेत्र खुला गर्न पटक–पटक गोरखाका जनप्रतिनिधिले ताकेता गर्दा पनि सुनुवाइ नभएको चुमनुब्री गाउँपालिका अध्यक्ष निमा लामाले बताउनुभयो ।