• १२ मंसिर २०८१, बुधबार

माओवादी अभियानको अन्तर्य

blog

सत्ताको मूलधार, त्यसको अन्तर्य, त्यसको प्रकृति र त्यसको संरचना जब पुरानै रहन्छ सरकारमा बसेर पनि फेर्न नसकिँदो रहेछ । राज्यसत्ताभन्दा सांस्कृतिक सत्ता जटिल प्रव्रिmयाबाट मात्र फेरिन्छ । त्यही सांस्कृतिक सत्ता, वैचारिक सत्ता, स्वभाव र आचरणको सत्ता, आर्थिक सम्बन्धको सत्ता नफेरिएर नै जनताले परिवर्तनको गहिरो अनुभूति गर्न सकेका छैनन् ।

माओवादी केन्द्रले हालै तीन महिने अभियानको घोषणा गर्दै उद्घाटन पनि गरिसकेको छ । अभियान निश्चित विचार वा उद्देश्य, अवधि वा समय, योजना र विधि निर्धारित गरी अनुशासनबद्धताका साथ व्रmमबद्ध रूपमा सञ्चालन गर्ने प्रव्रिmया हो । यो अभियानलाई रूपान्तरण अभियान भनिएको छ । पार्टीभित्र देखा परेका विसङ्गति र विकृतिविरुद्ध, चेतना, व्यवहार, आचरण, सङ्गठन, प्रवृत्तिमा समग्र रूपान्तरण गर्न यो अभियान चालिएको छ । देशव्यापी रूपमा सबै वडामा एकसाथ सुरु गरिएको ‘विशेष रूपान्तरण अभियान’ को उद्घाटन पार्टी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले सन्देश मन्तव्यका साथ सुुरु गर्नुभएको हो । 

जनयुद्धमा वीरता, शौर्य र साहसका विम्ब बनेका, त्याग र उत्सर्गका प्रतिमूर्ति अमर सहिदका सपना पूरा गर्ने प्रतिबद्धता अनुरूप पुनर्जागरणका रूपमा यस अभियानलाई लिइएको छ । खिया लागेको पार्टीरूपी हतियारलाई अर्जापेर, माझेर, धारिलो पारी परिवर्तनका अपूरा सपना पूरा गर्नकै लागि यसो गरिएको हो । जनवादी व्रmान्ति सम्पन्न गरी समाजवादसम्म पुग्ने सपना नै सहिदका सपना थिए । देशलाई पूर्ण स्वाधीनतामा पु¥याउन, नवऔपनिवेशिक स्थितिबाट मुक्त गर्न तथा समृद्धीकरण गर्दै विकासको पथ पहिल्याउन एवं जनतालाई गरिबी, अभाव, विपन्नता तथा शोषण–उत्पीडन–दलनबाट मुक्त गर्न नै जनयुद्ध भएको थियो । जुन उद्देश्य अझ पूर्णतामा पुगेको छैन, अझै अधुरो छ । आज पनि सामन्त वर्ग, अभिजात्य वर्ग, धनाढ्य वर्ग, प्रतिव्रिmयावादी एवं प्रतिगामी वर्गबाट जनतामाथि थिचोमिचो चलिरहेको छ । चुसाइ र दलन जारी छ । 

सांस्कृतिक रूपमा उल्लेखित वर्ग अझै पनि हाबी भइरहेका छन् । राजनीतिमा विदेशी शक्तिको हस्तक्षेप जारी नै छ । स्वतन्त्र र आत्मनिर्भर अर्थतन्त्रको विकास गर्न बाँकी नै छ । युवा तथा प्रतिभाहरूको विदेश पलायन पनि जारी छ । खेतबारी बाँझिएका छन् र उत्पादनमा ह्रास आएको छ । आयातमा निर्भर खाद्यान्नको मापन पनि दिनदिनै झन् झन् भयावह बन्दै जान थालेको छ । यो स्थितिलाई माओवादीले नै फेर्नुपर्ने दायित्व किन छ भने देश माओवादीकै एजेन्डामा चलिरहेको छ । माओवादीकै नीति तथा कार्यव्रmममा आधारित भएर राज्यसत्ता चालु रहेको छ । यो देशमा गणतन्त्र, राष्ट्रियता, सङ्घीयता, धर्म निरपेक्षता, समावेशिता, समानुपातिकता, आरक्षण तथा जनजाति, दलित, महिला, मधेशी, थारू, मुस्लिम, अल्पसङ्ख्यक आदि सबैको मुक्ति, सम्मान, अभेद, सामाजिक न्यायका नीति पनि माओवादीकै एजेन्डा हुन् । 

चालिस बँुदे मागको सम्बोधन हुन नसकेकै कारण जनयुद्धको महान् पहल गर्न बाध्य पारिएपछि देश गणतन्त्रसम्म आइपुगेको छ तर जनयुद्धको उद्देश्य भने यत्ति मात्र होइन । संसदीय व्यवस्थालाई नै नयाँ चरित्र वा प्रगतिशील पक्षमा रूपान्तरण गर्दै समाजवादको यात्रालाई अझ अगाडि बढेर पूरा गर्न माओवादी कस्सिनै पर्छ । किनकि देश र जनताका समस्याको पूर्ण समाधान भएको छैैन भने देशका आर्थिक समस्या निराकरण गर्न पनि बाँकी नै छ । यो स्थितिमा अभियान चलाएर रूपान्तरणलाई जोड दिनु सार्थक छ । यो विशेष रूपान्तरण किन हो भने माओवादी एजेन्डा अपनाएर पनि त्यसलाई सार्थक गर्ने विषयमा राज्य व्यवस्था अझै अलमलिएको छ र स्पष्ट दिशाबोध गर्न सकेको छैन । त्यसै गरी माओवादी पङ्क्तिको पनि हालत उस्तै छ । माओवादीमा खिया लागेको छ, भुत्ते भएको छ, अलमलिएको छ, अघि बढ्ने ठोस दिशा लिन सकेको छैन । यो अभियानले यसैलाई मध्यनजर गरी यी सबै कमजोरीलाई माझमुझ पारी पार्टीलाई धारिलो बनाएर स्पष्ट कार्यदिशा दिनु अनिवार्य भएको छ । कारण अझै जनयुद्धका सहिदको सपना हराएको छैन । यही यो अभियानको महìव पनि हो । 

पार्टीमा, पार्टीका विचारमा, पार्टी सङ्गठनमा, नेतृत्वदेखि कार्यकर्तासम्ममा, जनताबिच सम्बन्ध र सहकार्यमा अभियानले फेरबदल ल्याउने छ भन्ने अपेक्षा गरिएको छ । यो अभियान पार्टीको धमिलिएको छवि सुधार्ने र जीवन शैली, जनसम्बन्ध र आचार–सौन्दर्यमा नवीकरण गर्ने पहल पनि हो ।

अभियानले पार्टीको मात्र हित गर्ने सोचिएको छैन । यसले सम्पूर्ण कार्यकर्ता, नेता सबैको आचरण, जीवन–शैली, स्वभाव, आनीबानी, प्रवृत्ति र चरित्र, बोलीचाली, पहिरन अनि दृढता, विनम्रता, जनउत्तरदायित्व, समर्पण आदि विषयमा परिवर्तन गरेर सिङ्गो माओवादी आन्दोलनकै हित गर्ने छ, यसले देशको पनि हित हुने छ । व्यक्ति हितलाई समूह हितमा, नेता हितलाई पार्टी हितमा फेर्ने पनि यसको उद्देश्य हो । सामान्य प्रयासले यो पूरा हुन पनि सक्दैन ।

माओवादी अरूभन्दा कसरी फरक छ ? त्यो देखाउनु छ । हामीले भन्दै आएका छौँ–माओवादी फरक धातुले बनेका हुन् । यसको अर्थ हामी कांग्रेस, एमाले राप्रपा, रास्वपा जस्तो भएर पुग्दैन । हामीले अरू पार्टीका विचार, चरित्र, कार्ययोजना र प्रवृत्तिबारे जनतालाई बुझाउनु पर्छ र आफ्नै बारेमा पनि । हाम्राबारे अरूले फैलाएका भ्रम, निन्दा, आरोप, अफवाह र दुष्प्रभावलाई चिर्नै पर्छ । 

जनयुद्धले महान् र युगान्तकारी परिवर्तन ल्याएको छ । सामन्तवादको संरचना भत्काएको छ र सामन्ती संस्कृतिको जग खलबल्याएको छ । राजतन्त्रका ठाउँमा गणतन्त्र त्यसैको परिणति हो । संविधान सभाद्वारा जनताको हातबाट संविधान लेखन, जनताको सर्वोच्चता, जनतामा सार्वभौम सत्ता स्थापित गर्नु ठुलो परिवर्तन हो । वर्ग, जाति, लिङ्ग, वर्ण, रूप, क्षेत्र आदिका आधारमा नेपालीलाई हिजो विभाजित गरेर शासन चलाइएको थियो । विभेद र अपमान गरिएको थियो । यसै आधारमा थिचोमिचो, शोषण र अत्याचार गरिएको थियो । देश निरङ्कुशतामा पिल्सिएको थियो । सामन्तवादले देशलाई रसातलमा पु¥याएको थियो । सामन्ती उत्पीडन र दमनका जुवामा नारिएर जनता ठाडो उठ्न सकेका थिएनन् । अज्ञानता, अशिक्षा, रोग, भोक, गरिबी, पछौटेपन, विभेद, निरूपायता आदिले दुर्गमका उपेक्षित गाउँ÷कुना–कन्दरामा उत्पीडित र दलित थिए । रूढिवाद र अन्धविश्वासमा जकडिएका थिए । तिनै क्षेत्रमा जनयुद्धले उज्यालो चेतनाको चिराग बाल्यो र प्रकाशद्वारा प्रकाशित ग¥यो । व्रmान्तिको झन्डा फहरायो र कुना–कुनासम्म राजनीति, विचार, चेतना, शौर्य, जागृति, साहस, आत्मविश्वास पैदा ग¥यो । त्यही जागरणले अहिले जनताले हरेक गलत प्रवृत्तिविरुद्ध औँला ठड्याउन सक्ने भएका छन् । उनीहरूले राजनीति बुझे, शोषण बुझे, अन्याय बुझे, विभेद र अपमान बुझे, हेला गर्ने र होच्याउने वर्ग बुझे । देशको रगत र मुटु खाइरहेको वर्ग पनि बुझे । यसरी गलतलाई बुझेर सही ठम्याउन सक्ने चेतनाको सञ्चार जनयुद्धले नै गरेको थियो । यो आलोचनात्मक चेत र सजगताबाट नै अहिले गणतन्त्रको उपयोग भइरहेको छ । यिनै उपलब्धिको रक्षा गर्दै समाजवादतिरको यात्रा तय गर्न र जनतालाई एकढिक्का भएर यो यात्रामा सामेल हुन आह्वान गर्नकै लागि हो–अभियान । 

सामन्ती संस्कृति, दलाल पुँजीवाद, भ्रष्टाचारको बेथितिले गाँजेको नेपाल, भ्रष्ट कर्मचारीतन्त्र र पुरानो संरचनाका कारण पनि अघि बढ्न सकेको छैन । व्रmान्तिको यो अपूरो अंश पूरा गर्ने चेतनाको सञ्चार जनतामा पु¥याउन अत्यन्त जरुरी छ । समाजवादको बाटो देखाउन जरुरी छ । जसका लागि नै माओवादीले अभियान सुरु गरेको हो । जनयुद्धका उपलब्धिको रक्षा गर्दै प्रचण्ड नेतृत्वको सरकारले गरेका कामको सकारात्मक सन्देश पु¥याउन पनि जरुरी छ ताकि जनतामा प्रतिगामी शक्तिले फैलाएको भ्रम र अयथार्थलाई उदाङ्गो पार्न सकियोस् । अभियान संस्कृतिसँग पनि जोडिएको छ । अभियानले गलत संस्कृतिविरुद्ध विद्रोह गर्न, जनता जगाउन र प्रतिरोध गर्न सिकाउने छ भन्ने अपेक्षा गरौँ । विद्यमान पुरानो सामन्ती संस्कृतिका विरुद्ध प्रतिरोध सिकाएर मात्रै अगाडि बढ्न सम्भव छ । सरकारमा परिवर्तनकारी शक्ति भएर पनि किन मुलुक परिवर्तनको अनुभूति गर्न सकिरहेको छैन ? यसको सरल जवाफ हो सत्ता र सरकार एउटै होइन । 

सत्ताको मूलधार, त्यसको अन्तर्य, त्यसको प्रकृति र त्यसको संरचना जब पुरानै रहन्छ सरकारमा बसेर पनि फेर्न नसकिँदो रहेछ । राज्यसत्ताभन्दा सांस्कृतिक सत्ता जटिल प्रव्रिmयाबाट मात्र फेरिन्छ । त्यही सांस्कृतिक सत्ता, वैचारिक सत्ता, स्वभाव र आचरणको सत्ता, आर्थिक सम्बन्धको सत्ता नफेरिएर नै जनताले परिवर्तनको गहिरो अनुभूति गर्न सकेका छैनन् । न त गणतन्त्रकै स्वाद चाख्न पाएका छन् । संविधानले तोकेका मौलिक अधिकारसमेत अलपत्र परेका छन् । स्वास्थ्य, शिक्षा, जीविकाका सवाल आज पनि पुँजीवाद, दलालीकरण र सामन्तवादकै चङ्गुलमा छन् । यसले जनमानसमा निराशा, कुण्ठा, निष्क्रियता, पलायन, मानसिक विभाजन पनि ल्याएको छ । समाज एक किसिमले विखण्डित र विभाजित मनोविज्ञानमा बाँचिरहेको छ । यो अभियानले यी सबैविरुद्ध जेहाद छेड्नु पर्छ । अभियान श्रमसंस्कृतिमा पनि अघि बढ्नु पर्छ र श्रमप्रति लगाव र श्रमिकजनलाई सम्मान गर्ने संस्कृतिको बीजारोपण गर्नु पर्छ । यसरी नै रूपान्तरण अभियानको सांस्कृतिक पक्षलाई हेर्नु पर्छ भन्ने लाग्छ ।