काठमाडौं, भदौ १९ गते । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको ‘विश्वासको मत’विरुद्ध नेकपा एमालेले दायर गरेको रिटमा सुनुवाइ जारी छ ।
प्रदेशसभा बैठकको अध्यक्षता गरेका सदस्यले समेत मुख्यमन्त्रीलाई विश्वासको मत दिएको भन्दै एमालेले सत्तापक्षले संविधानविपरीत काम गरेको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको थियो ।
उक्त रिटमाथि मङ्गलबार न्यायाधीशत्रय सपना प्रधान मल्ल, कुमार चुडाल र नहकुल सुवेदीको इजलासमा सुनुवाइ भइरहेको हो ।
यसअघि आइतबार संयुक्त इजलासले पूर्ण इजलासमा पठाउने आदेश गरेपछि न्यायाधीशत्रयको इजलासमा उक्त मुद्दाकाे सुनुवाइ जारी रहेको हो ।