• १४ मंसिर २०८१, शुक्रबार

विषालु च्याउ खाँदा चार जना बिरामी

blog

बोमलाल गिरी

नवलपुर, भदौ १३ गते । नवलपुरमा विषालु च्याउ खाएर चार जना बिरामी भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कावासोती १४ त्रिभुवनटारस्थित सुरज पोल्ट्री फर्ममा काम गर्ने कावासोती १४ का २३ वर्षीय पूर्णिमा परियार, २४ वर्षीया शान्ति परियार, उहाँकी ६ वर्षीय छोरी रोशनी परियार र पोल्ट्री फर्म सञ्चालक कावासोती १४ निवासी ४८ वर्षीय नीलकण्ठ तिमिल्सिना बिरामी हुनुभएको हो । 

पोल्ट्री फर्म रहेको बारीमा उम्रेका च्याउ पकाएर खाँदा उनीहरु बिरामी परेका हुन् । गएराति बिरामी परेका उहाँहरुलाई उपचारको लागि मध्यबिन्दु जिल्ला अस्पताल लगिएको छ ।

बिरामीको अवस्था मध्यम रहेको र फर्म सञ्चालक तिमिल्सिनालाई भने थप उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुरमा पठाइएको नवलपुरका प्रहरी नायब उपरिक्षक वेदबहादुर पौडेलले जानकारी दिनुभयो ।