• २३ वैशाख २०८१, आइतबार

श्रीनगर एग्रिटेकले आइपिओ निष्कासन गर्ने

blog

काठमाडौँ, भदौ १३ गते । श्रीनगर एग्रिटेक इन्डस्ट्रिज लिमिटेडले आइपिओ (सेयर) निष्कासनका लागि प्रक्रिया अगाडि बढाउन आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैङ्किङ लिमिटेडलाई नियुक्त गरेको छ ।

श्रीनगर एग्रिटेक इन्डस्ट्रिज लिमिटेडका तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक सतीशचन्द श्रेष्ठ र निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैङ्किङ लिमिटेडका तर्फबाट अख्तियारप्राप्त प्रमुख कार्यकारी अधिकृत मनिषनारायण जोशीबिच मङ्गलबार सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।  

सम्झौतामा नबिल इन्भेस्टमेन्ट बैङ्किङ लिमिटेडले श्रीनगर एग्रिटेक इन्डस्ट्रिज लिमिटेडको सेयर सार्वजनिक निष्कासनसम्बन्धी कार्य सम्पन्न गर्नका लागि आवश्यक पूर्वतयारी गर्ने जनाइएको छ । 

योसँगै कम्पनीले नियामक निकायहरूबाट सेयर निष्कासनका लागि अनुमति माग गर्ने बताइएको छ । कम्पनीले जारी पुँजीको १३ प्रतिशतले हुन आउने प्रतिसेयर अङ्कित मूल्य एक सय रुपियाँका दरले हुन आउने १३ करोड रुपियाँ बराबरको १३ लाख कित्ता सेयर आइपिओ निष्कासन गर्ने श्रीनगर एग्रिटेक इन्डस्ट्रिज लिमिटेडका प्रबन्ध निर्देशक सतीशचन्द श्रेष्ठले बताउनुभयो । 

श्रीनगर एग्रिटेक इन्डस्ट्रिज लिमिटेड, कम्पनी ऐन २०६३ बमोजिम कम्पनी रजिस्ट्रारको कार्यालयमा विधिवत् दर्ता भई सञ्चालनमा रहेको छ । कम्पनी एउटा सानो फार्मको स्थापनाबाट सुरु गरेको थियो । 

सन् २०१७ देखि श्रीनगर एग्रिटेक इन्डस्ट्रिज प्रालिबाट आवश्यक पर्ने दाना तथा आहारको उत्पादनको कार्य सुरु गर्दै कम्पनीले रुपन्देहीमा दाना कारखाना, व्यावसायिक कृषि फार्म स्थापना गरेको छ र पाल्पाको तेल्घामा ब्रिडर फार्म सञ्चालनमा ल्याएको छ ।