• ११ असोज २०८१, शुक्रबार

दस अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैङ्क

blog

काठमाडौँ, भदौ ९ गते । सरकारलाई आन्तरिक ऋण जुटाउन नेपाल राष्ट्र बैङ्कले दस अर्ब रुपियाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ ।

राष्ट्र बैङ्कले भदौ १० गते आइतबार १० अर्ब रुपियाँ बराबरको विकास ऋणपत्र बोलकबोलमार्फत बिक्री गर्न लागेको हो । भदौ ११ गते जारी गर्ने गरी राष्ट्र बैङ्कले छ वर्षे अवधिको विकास ऋणपत्र २०८६ ‘ज’ बोलकबोल गर्न लागेको जनाएको छ ।

भदौ १० गते आइतबार दिउँसो ३ बजे गरिने विकास ऋणपत्रको बोलकबोलका लागि इच्छुक बैङ्क तथा वित्तीय संस्था, गैरबैङ्क वित्तीय संस्था, बिमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले ऋणपत्रका लागि आवेदन दिन सक्ने राष्ट्र बैङ्कले जारी गरेको सूचनामा उल्लेख छ ।

इच्छुक लगानीकर्ताले भदौ १० गते आइतबार दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सफ्टवेयरमार्फत बोलपत्र पेस गर्नुपर्ने छ ।

कुल १० अर्ब रुपियाँमध्ये ८५ प्रतिशत अर्थात् आठ अर्ब ५० करोड रुपियाँ प्रतिस्पर्धात्मक र १५ प्रतिशत, एक अर्ब ५० करोड रुपियाँ बिनाप्रतिस्पर्धा प्रणालीबाट बिक्री गरिने सूचनामा उल्लेख छ । विकास ऋणपत्र खरिदकर्ताले प्रत्येक छ/छ महिना अर्थात् अर्धवार्षिक रूपमा ब्याज पाउने राष्ट्र बैङ्कको सूचनामा उल्लेख छ । ऋणपत्र धितो राखी बैङ्क तथा वित्तीय संस्थाबाट कर्जा लिन पनि सकिन्छ ।

ऋणपत्रमा न्यूनतम ५० हजार र बढीमा निष्काशित रकमको सीमा नबढाई पचास हजारले भाग गर्दा निःशेष भाग जाने अङ्कसम्म माग गर्न सकिने राष्ट्र बैङ्कले जनाएको छ । ऋणपत्र यही साउन २९ गते निष्कासन हुने छ भने २०८६ भदौ ११ गते साँवा भुक्तानी हुने बताइएको छ ।