• ६ माघ २०८१, आइतबार

सुविधासम्पन्न अस्पताल नहुँदा सेवाग्राहीलाई सास्ती

blog

मध्यबिन्दुु जिल्ला अस्पतालमा बिरामीको चाप । तस्बिर : होमराज रानाभाट

होमराज रानाभाट

कावासोती, भदौ ८ गते । पूर्वी नवलपरासीको कावासोतीमा रहेको मध्यबिन्दुु जिल्ला अस्पताल सुुविधासम्पन्न नहुँदा  यहाँ आएर सेवा लिने सेवाग्राहीलाई सास्ती हुनेगरेको छ ।  

अस्पतालमा पाइने सेवा सुविधा लिन आउने बिरामीले पर्याप्त सुुविधा पाउन नसक्दा छिमेकी जिल्ला चितवन र काठमार्डौंसम्म जानुुपर्ने बाध्यता छ । यहाँ पूर्वको रजहरदेखि पश्चिमको दुुम्कीबाससम्मका बिरामीहरु आउने गरेका छन् । 

राजमार्गमा हुुने दुुर्घटनाका कारण पनि यो अस्पतालमा बिरामीको चाप बढे पनि अस्पतालको विकास हुुन नसक्दा धेरैले अकालमै ज्यान गुुमाउनुुपरेको बाध्यता पनि रहेको दुुम्कीबासदेखि उपचारमा आएका ७८ वर्षीय रामप्रसाद बिष्टले गुुनासो गर्नुुभयो । 

सङ्घीयताले दुुई जिल्लामा विभाजित भएपछि सुुरु भएको र अहिले पनि सुुविधासम्पन्न उपकरण नहुँदा र सङ्घीय सरकारले खासै चासो दिन सकेको छैन भन्ने गुुनासो त छँदैछ । अर्कोतिर प्रदेश सरकारले भने केही न केही सम्बोधन गरेर बजेट उपलब्ध गराएकाले पनि अस्पताललाई नमुना बनाउन यहाँका स्थानीयले समेत चासो दिनुुपर्ने स्थानीय शिक्षक निमुु गिरीको भनाइ छ । 

करिब २० बिघा सरकारी क्षेत्रफल ओगटेको मध्यबिन्दुु जिल्ला अस्पताललाई सुुविधासम्पन्न अस्पतालका रुपमा विकास गर्न अहिले पनि यहाँका राजनीतिक दल र नागरिक समाजले पहल थाले पनि पर्याप्त बजेटका अभावमा कामले गति लिन नसकेको र अब पनि यसको संरचना विस्तार र सुुविधासम्पन्न भवन बनाएर यसलाई दुुईसय शय्याको अस्पताल बनाएर अघि बढ्ने गरी काम भएको अस्पतालका डा. कमलराज न्यौपानेले बताउनुुभयो । 

अस्पतालबाट पाइृने सेवा सुुविधा पर्याप्त हुुन नसक्दा र सेवा सुुविधा बढाउन गण्डकी प्रदेश सरकारले समेत चासो दिन थालेपछि यहाँबाट सेवा दिन सुुरु गरिएको र सबै सेवा सुुविधालाई व्यवस्थित गर्दै लगिएको मध्यबिन्दुु जिल्ला अस्पतालका डा. न्यौपानेले बताउनुुभयो ।  

मध्यबिन्दुु जिल्ला अस्पतालले मिर्गौला रोगीका लागि डायलासिस सेवा सुुरु गरेको छ, पाँच वटा डाइलासिस मेसिनबाट सेवा दिन थालेपछि यहाँ आउने बिरामीका लागि वरदान साबित भएको डा. न्यौपानेको भनाइ छ । डाइलासिस सेवाबाट चारसय बढीले सेवा लिइरहेका छन् ।  

तीन वर्षअघि निर्माण सुुरु भएको भवन अहिलेसम्म सम्पन्न भएको छैन । अलपत्र भवन निर्माण पूरा गर्न नसक्दा जीर्ण भवनमा अस्पतालले बिरामीलाई सेवा दिइरहनुुपर्ने बाध्यता रहेको अस्पतालका पदाधिकारीको भनाइ छ ।  

जनशक्तिको अभाब 

मध्यबिन्दुुमा अहिले स्थायी दरबन्दी ३३ जनाको भए पनि अहिले १३ जना कार्यरत रहनुुभएको र करारलगायत १२० जना कार्यरत छन् ।  

अस्पतालले सबै किसिमका सेवा प्रदान गर्दैआएको भए पनि अस्पतालमा जनशक्तिको अभावले समयमै सेवा दिन नसकिएको डा. न्यौपानेको भनाइ छ । खोपदेखि परिवार नियोजन, रगत जाँच, डाइलासिस सेवादेखि जुुनसुकै प्रकारका सेवाहरु मध्यबिन्दुु अस्पतालले दिंदैआएको डा. न्यौपानेको भनाइ छ । 

यो अस्पताल जिल्लाको मध्यभागमा रहेको अस्पतालका रुपमा छ । यसको विकाससँगै यहाँका नागरिकले सबै किसिमका स्वास्थ्य सेवा यहीँबाट पाउन सकुुन् भन्ने उद्देश्यसाथ अस्पताललाई गण्डकी प्रदेश सरकारले चासोका रुपमा सहयोग गर्दैआइरहेको कृषि तथा भूमि व्यवस्थामन्त्री एबं नवलपुुर कांग्रेसका सभापति महेन्द्रध्वज जीसीले बताउनुुभयो ।

अस्पतालमा अहिले दैनिक पाँच सयदेखि सात सयसम्म बिरामी आउनेगरेका र जटिल उपचारबाहेक अन्य सेवा यहाँबाट बिरामीले प्राप्त गर्नेगरेको अस्पातालले जनाएको छ । अस्पतालबाट पाउने सुुविधा राम्रो भएको र अझै व्यवस्थित बनाउनुुपर्ने स्थानीय दिलकुुमारी अधिकारीले बताउनुुभयो । 

जिल्ला अस्पतालका भवनहरु अलपत्र छन् । एक वर्षअघि बन्दैगरेको विशाल भवन अहिले पूरा हुुननसक्दा नागरिकमा उत्साह घटेको छ भने गण्डकी सरकारले यो वर्ष विभिन्न शीर्षकमा झण्डै २० करोड छुुट्याएर अस्पतालको विकासका लागि पहलकदमी थालेको छ । 

अस्पतालले नवलपुुरवासीलाई दिनुुपर्ने सेवा सुविधा दिए पनि अस्पताल व्यवस्थित बनाउन अझै नसकिएको स्थानीय हेमुु सापकोटाको भनाइ छ । जिल्ला अस्पतालका रुपमा विकास भइरहेको मध्यबिन्दुु अस्पतालले यहाँका बिरामीको उपचारमा कोसेढुुङ्गा साबित हुुने कुुरामा आम नागरिकमा विश्वास जगाउन जरुरी रहेको स्थानीय बुुद्धिजीबी टङ्क अर्यालले बताउनुुभयो । 

मध्यबिन्दु अस्पताललाई नमुना अस्पताल बनाउन र बिरामीका सबै उपचार यहीँबाट गर्नेगरी पहल थाल्नु जरुरी रहेको नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य बालकृष्ण रानाभाटले बताउनुुभयो । अस्पतालको विकासमा सबैको चासो र सहयोग जरुरी रहेको रानाभाटको भनाइ छ । 

अस्पतालका अहिले साना ठुुला गरी दश वटा भवन छन् । तर भवनहरु सबै जीर्ण अवस्थामा छन् । अस्पतालकाे व्यवस्थित भवन बनाउन सकिएमा र आवश्यक जनशक्ति बढाउन सकेमा सबै रोगको उपचार सम्भव हुने अस्पताल विकास समितिका अध्यक्ष बालकृष्ण घिमिरेले बताउनुुभयो । 

कतिले लिए सेवा ? 

मध्यबिन्दुु अस्पतालबाट आर्थिक वर्ष २०७९–८० मा सबै किसिमका रोगहरुको उपचारबाट एक लाख ४३ हजार बिरामीले सेवा लिएको अस्पतालले जनाएको छ । अस्पतालले बिरामीको उपचारमा कुुनै कन्जुुस्याइँ नगरेको र आगामी वर्ष थप सेवा विस्तार गर्दै जाने लक्ष्यका साथ काम भइरहेको अस्पताल पदाधिकारीको भनाइ छ  । 

भवन निर्माण अलपत्र  

अस्पतालको सुुविधासम्पन्न भवन निर्माणको काम अगाडि बढेको चार वर्षभन्दा बढी भएको छ । भवन गतवर्ष नै सम्पन्न हुुनुुपर्नेमा नभएपछि अलपत्र अवस्थामा छ ।  

अहिले सो ठाउँमा सुुविधासम्पन्न भवन बनिरहेको भए पनि सम्पन्न हुन सकेको छैन । गत पुुस महिनामा नै सम्पन्न गर्ने लक्ष्य राखिएको अस्पताल व्यवस्थापन समितिको भनाइ छ ।

गण्डकी प्रदेश सरकारले भवन निर्माणका लागि यो वर्ष थप दुुई करोड रुपियाँ सहयोग दिएकोे अस्पतालका अध्यक्ष बालकृष्ण घिमिरेले बताउनुुभयो ।