• ४ पुस २०८१, बिहिबार

प्रधानन्यायाधीश श्रेष्ठले आज शपथ लिनुहुँदै

blog

नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ ।

काठमाडौं, भदौ ५ गते । नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आज पद तथा गोपनीयताको शपथ लिँदै हुनुहुन्छ ।

सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार मङ्गलबार अपराह्न ४ बजे राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रधानन्यायाधीश श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिन लाग्नुभएको हो ।

प्रधानन्यायाधीश श्रेष्ठ रोलक्रमअनुसार सर्वोच्चका प्रधानन्यायाधीशमा संवैधानिक परिषद्ले सिफारिस गरेको थियो । श्रेष्ठलाई सोमबार संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा अनुमोदन गरेको थियो ।

संवैधानिक परिषद्को सिफारिसमा सोमबार नै राष्ट्रपति पौडेलले श्रेष्ठलाई संविधानको धारा १२९ को (२) बमोजिम प्रधानन्यायाधीश पदमा नियुक्त गर्नुभएको थियो ।