• २० वैशाख २०८१, बिहिबार

साहित्य सन्ध्या कृबा पुरस्कार प्रदान

blog

काठमाडौँ, भदौ ५ गते । साहित्य सन्ध्या कृबा पुरस्कार वरिष्ठ स्नायु तथा नसा रोग विशेषज्ञ डा. वसन्त पन्तलाई प्रदान गरिएको छ । साहित्य क्षेत्रमा विविध गतिविधि गर्ने उद्देश्यले ४० वर्षअघि स्थापित साहित्य सन्ध्याले २०७४ सालदेखि चिकित्सा क्षेत्रमा उत्कृष्ट योगदान दिने व्यक्तित्वलाई समेत सम्मान गर्न थालेको थियो ।

राजधानीमा आयोजित विशेष समारोहमा डा. पन्तलाई यो वर्षको पुरस्कार प्रदान गरिएको हो ।  साहित्य सन्ध्या कृबा पुरस्कार कृष्णचन्द्र सत्याल र बालकुमारी सत्यालको नामबाट स्थापना गरिएको हो । कार्यक्रममा सांसद रघुजी पन्तले डा. पन्तलाई सो पुरस्कार प्रदान गर्नुभयो । डा. पन्तले पुरस्कारबाट थप जिम्मेवारी थपिएको जानकारी दिनुभयो ।