ठाकुरप्रसाद आचार्य
भदौ ४ गते । कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका-७ मा पर्ने सुन्दर महभिर झरनाले पर्यटक लोभ्याउने गरेको छ ।
सडक छेवैमा पर्ने यो झरनाले मुस्ताङ भ्रमणमा हिँडेका पर्यटकलाई आकर्षित गरेको छ । झरना निकै मनमोहक र सुन्दर छ । यहाँ पुगेपछि सवारीसाधन रोकेर एकछिन झरनामा पर्यटकहरूले फोटो खिच्ने र टिकटक बनाएर मनोरञ्जन लिने गर्दछन् ।