• ८ पुस २०८१, सोमबार

देशमा सुशासनको प्रत्याभूति गर्ने माध्यम कानुन हो : प्रधानमन्त्री प्रचण्ड

blog

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा सिंहदरबारमा आयोजित मुलुकी संहिता दिवस, २०८० को समारोहलाई सम्बोधन गर्नु हुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिरः प्रदीपराज वन्त

काठमाडौं, भदौ १ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा सुशासनको प्रत्याभूति गर्ने माध्यम कानुन भएको बताउनुभएको छ। मुलुकी संहिता दिवस, २०८० को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो । 

‘‘देशमा सुशासनको प्रत्याभूति गर्ने माध्यम कानुन नै हो। कानुनको सफल कार्यान्वयनमा नै राज्य व्यवस्था सही ढङ्गले सञ्चालन हुन पुग्दछ। नेपालको संविधानले अंगीकार गरेका विभिन्न मूल्य मान्यताहरू तथा प्रत्याभूति गरेका हक अधिकारको कार्यान्वयन गर्न पनि विभिन्न कानुनहरू निर्माण भएर कार्यान्वयनमा रहेका छन्’’, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो । 

प्रधानमन्त्री प्रचण्डको सम्बोधनको पूर्णपाठ :