• ४ जेठ २०८१, शुक्रबार

टयाक्टरले किचिएर मृत्यु

blog

नागेन्द्रकुमार कर्ण

महोत्तरी, साउन ३१ गते । महोत्तरीको पिपरा गाउँपालिकामा बुधवार टयाक्टरले किचिएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका –४ बस्ने ३५ वर्षका कृष्णकुमार मिश्र रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय महोत्तरीले दिएको जानकारीअनुसार ज १ त ८१५३ नम्बरको टयाक्टरबाट खेत जोतिरहेको बेला ट्र्याक्टर पल्टिदा उहाँको किचिएर मृत्यु भएको हो । उहाँ आफै खेत जोतिरहेको र ट्र्याक्टर ढल्दा उहाँ च्यापिनुभएको प्रहरीको भनाइ छ । 

घटनाभएको खबर पाएपछि स्थानीयले उद्धार गरे पनि उहाँको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता दिलीपकुमार गिरीले जानकारी दिनुभयो । मृत्यु भएका मिश्रको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जलेश्वर लगिएको प्रहरीले जनाएको छ ।