• ११ मंसिर २०८१, मङ्गलबार

मङ्सिरमा पुस्तक प्रदर्शनी

blog

काठमाडौँ, साउन ३१ गते  । काठमाडौँमा दक्षिण एसियाली पुस्तक प्रदर्शनी आयोजना गरिने भएको छ । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ र करेन्ट मिडिया एन्ड रिसर्च सेन्टरको संयुक्त आयोजनामा मङ्सिर ५ देखि १० गतेसम्म भृकुटीमण्डपमा प्रदर्शनी आयोजना गरिने जनाइएको छ । प्रदर्शनीमा चीन, अमेरिका, इजिप्टलगायत दक्षिण एसियाली मुलुकको सहभागिता हुने आयोजकले जनाएको छ । 

चाइना इन्टरनेसनल बुक ट्रेडिङ कर्पोरेसनलाई विशेष अतिथिका रूपमा आमन्त्रणसमेत गरिएको छ । प्रदर्शनीमा अन्तर्राष्ट्रिय तथा राष्ट्रिय पुस्तकहरूको १८० भन्दा धेरै स्टल राखिने महासङ्घका महासचिव शिवसागर शर्माले जानकारी दिनुभयो । प्रदर्शनीमा भारतका ४५ र चिनियाँ ३५ स्टल रहने छन् ।