• ७ वैशाख २०८१, शुक्रबार

महिलाको चरित्रहत्या गर्ने पक्राउ

blog

काठमाडौं, साउन २५ गते । सामाजिक सञ्जाल फेसबुकको नक्कली अकाउन्टबाट एक महिलाको चरिहत्या गर्ने ३९ वर्षीय तुलाराम सारुलाई प्रहरीले पक्राउ गरेको छ । 

पीडितसँग फेसबुकमा साथी बनी, मायाजालमा फसाएर विवाह गर्छु भन्दै दबाब र धम्की दिने गरेकाे पाइएकाे छ । साथै भिडियो कलमा अश्लील हर्कत गर्न बाध्य पारी रेकर्ड गरिएको सामग्री पीडकले नक्कली अकाउण्टबाट साथीभाइको फेसबुकमा पठाएकाे जानकारी नेपाल साइबर ब्युरोका उपनिर्देशक प्रहरी उपरीक्षक पशुपतिकुमार रायले दिनुभयाे । 

पीडितले सुरुमा आफ्नो फेसबुकको प्रोफाइल ब्लक गरेको तर पीडकले नक्कली प्रोफाइल बनाएर चरित्रहत्या गरेको प्रहरीले जनाएको छ । सारु दैलेखका स्थायी बासिन्दा हुन ।

काठमाडौं जिल्ला अदालतको आदेशपछि सारुलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको छ ।