• १३ मंसिर २०८१, बिहिबार

नेपाललाई काडाद्वारा एन्टि डोपिङ सामग्री सहयोग

blog

काठमाडौं, साउन २१ गते । कोरियाली एन्टी डोपिङ एजेन्सी (काडा) ले डोपिङ परीक्षणका लागि आवश्यक सामग्री नेपाललाई आइतबार सहयोग स्वरूप प्रदान गरेको छ ।

डोपिङ कन्ट्रोल अफिसर्स (डीसीओ) को प्रशिक्षक प्रशिक्षणका क्रममा काडाले नेपाल ओलम्पिक कमिटी अन्तर्गतको मेडिकल कमिसनलाई १६ लाख रुपियाँ बराबरको सामग्री सहयोग गरेको हो ।

कमिटीको आयोजना तथा काडाको संयोजकत्वमा दुई दिने डीसीओ प्रशिक्षक प्रशिक्षण आयोजना गरिएको थियो । यो कार्यक्रमपछि अब नेपालमै डीसीओ उत्पादनका लागि प्रशिक्षणको कार्यक्रम सञ्चालन गर्न सकिनेछ ।

समापन समारोहका क्रममा कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले नेपाली खेलकुदलाई सफा राख्नु पर्नेमा जोड दिनुभयो । श्रेष्ठले नेपाली खेलकुदलाई प्रतिबन्धित शक्तिवद्र्धक औषधीको प्रयोगबाट जोगाउनु पर्नेमा जोड दिँदै यसको प्रयोग रोक्ने चुनौती रहेको पनि बताउनुभयो ।

उक्त अवसरमा काडाका सीओओ मुङ सु–किमले डीसीओ उत्पादन गर्ने जनशक्ति नेपालमै तयार भएकोमा खुसी व्यक्त गर्नुभयो । यसअघि डीसीओ उत्पादनका लागि विदेश जानु पर्ने अथवा विदेशी प्रशिक्षक नेपाल आउनु पर्ने बाध्यता थियो ।