• १३ मंसिर २०८१, बिहिबार

राष्ट्रिय स्क्वास सुरु

blog

राष्ट्रिय स्क्वास प्रतियोगिताको उद्घाटन गरिँदै ।

काठमाडौँ, साउन २१ गते । पाँचौँ धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिता–२०८० आइतबार सुरु भएको छ । राजेन्द्र शाक्य, रेसुभ चुरीवाल, प्रयाग जोशी, निशान्त अग्रवाल, धीर पुन, राजकुमार श्रेष्ठ र रत्नकाजी शाक्य पहिलो दिन जित हात पारेर दोस्रो चरणमा पुग्नुभएको छ ।

रिषभले शैलश अमात्यलाई सजिलै ११–०, ११–२ र ११–७ को सोझो सेटमा हराएर अगाडि बढ्नुभयो । अन्य खेलमा निशान्तले अजय सिंह, धीरुले अजित के. सिंह ९११–५, ११–५, ११–६० र रत्नकाजीले जुनिल शाक्य ९११–४, ११–२, ११–३० लाई पनि सीधा सेटमा पराजित गरेर प्रिक्वाटरफाइनलको यात्रा तय गर्नुभयो । 

प्रयाग र राजकुमारले भने पहिलो चरण पार गर्न प्रतिस्पर्धात्मक पाँच सेट खेल्नुपर्‍यो । प्रयागले ऋद्धि शाक्यलाई ९–११, ११–३, ९–११, ११–५ र ११–८ ले हराउनुभयो । राजकुमारले राज महर्जनविरुद्धको कठिन खेलमा ४–११, ९–११, ११–९, ११–४ र ११–७ ले जित हात पार्नुभयो । 

राजेन्द्र भने वाकओभर प्राप्त गरी अगाडि बढ्नुभएको हो  आश्विन तोडीले खेल छोडेपछि राजेन्द्र सीधै दोस्रो चरणमा पुग्नुभयो । पुरुष एकलमा शीर्ष चार वरीयताप्राप्त खेलाडीलाई पनि पहिलो चरणमा बाई दिइएको छ ।

मास्टर्स एकलमा सुरेश शाक्य, मधुलाल मास्के, अजय के। सिंह, इन्द्रबहादुर र प्रेम सिंहले आ-आफ्नानो खेल जितेर पहिलो चरण पार गर्नुभयो । सुरेशले अनिल बज्राचार्यलाई ८–११, ११–६, ११–८, ११–५ र मधुलालले किरण श्रेष्ठलाई रोमाञ्चक पाँच सेटको खेलमा ५–११, १०–१२, १३–११, ११–४, ११–३ ले हराउनुभयो । अजय केशरले पनि बल्लतल्ल महेन्द्र वैद्यलाई ११–८, ११–९, ६–११, ६–११ र ११–७ ले पराजित गर्नुभयो । 

यसैगरी, इन्द्रबहादुरले रत्न महर्जनलाई ११–२, ११–४ र ११–६ तथा प्रेम सिंहले जितेन्द्र जोशीलाई ११–८, ११–२, १०९१२ र ११–२ ले हराएर दोस्रो चरणमा स्थान बनाउनुभयो । महिला खुल्ला र ब्वाइज यु१९ का खेलहरू सोमबारमात्र सुरु हुनेछन् । 

घरेलु स्क्वासको सबभन्दा ठुलो प्रतियोगिता धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वासको साउन २७ गते सम्पन्न हुनेछ । यो प्रतियोगिता धनलक्ष्मी महर्जन फाउन्डेसनअन्तर्गत आयोजना भएको हो । स्क्वास सङ्घका निवर्तमान अध्यक्ष किशोर महर्जनकी आमा स्वर्गीय धनलक्ष्मी महर्जनको सम्झनामा यो प्रतियोगिताको नामाकरण गरिएको हो ।