• १३ मंसिर २०८१, बिहिबार

कल्याणकारी कोषबाट खेलाडीलाई आर्थिक सहयोग

blog

खेलाडीलाई सहयोग गर्दै राखेपका सदस्य सचिव टंकलाल घिसिङ्ग ।

काठमाडौं, साउन १७ गते । खेलाडीका लागि आपतविपतमा सहयोग गर्ने उद्येश्यले स्थापित राष्ट्रिय खेलाडी कल्याणकारी कोषले उपचाररत खेलाडीहरुलाई उपचार खर्च प्रदान गरेको छ ।

कोषका अध्यक्ष समेत रहेका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ्गले उपचाररत विभिन्न तीन खेलाडीलाई बुधबार उपचार खर्चको लागि चेक हस्तान्तरण गर्नुभयो ।

उपचार रकम प्राप्त गर्ने खेलाडीहरुमा टेवलटेनिसका सेलिशा खड्गी र चन्दन शाही तथा एथलेटिक्सकी अञ्जु खड्का हुनुहुन्छ । क्यान्सर रोगको उपचार गराइरहनु भएकी खड्गीलाई दुई लाख रुपियाँ प्रदान गरिएको छ । यस्तै शाही र खड्कालाई एक एक लाख रुपियाँ सहयोग प्रदान गरिएको छ ।