• २१ वैशाख २०८१, शुक्रबार

लोकतान्त्रिक पत्रकारलाई पाखा लगाउने काम सह्य नहुने

blog

अधिवेशनको उद्घाटन समारोहमा उपस्थित अतिथिगण । तस्बिर : ललिता साह

ललिता साह

वोदेवर्साइन (सप्तरी)  साउन १७ गते । नेपाल प्रेस युनियनको अध्यक्ष शिव लम्सालले कुनै प्रकारको स्वार्थमा लोकतान्त्रिक पत्रकारहरूलाई पाखा लगाउने काम सह्य नहुने  बताउनु भएकाे छ।

नेपाल प्रेस युनियनको सातौँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

एउटै प्रकृतिका सबै सङ्गठनमा समान दृष्टिकोण राखेर शुद्धीकरण हुनुपर्छ,  सदस्यता शुद्धीकरणको नाममा चुनाव जित्ने र हार्नेहरूको मोर्चा बन्नुहुँदैन, उहाँले भनुभयो ।

उहाँले नेपाल प्रेस युनियनले ७७ देखि ९० वटासम्म प्रशिक्षणको आयोजना गर्ने तयारी गरेको जानकारी दिनुभयो । 

युनियनले आगामी एक वर्षलाई प्रशिक्षण वर्षको रुपमा काम गर्ने र देशभरिका तीन हजार पत्रकारलाई प्रशिक्षण दिने योजना बनाएको छ । यसले युनियनका पत्रकारले लेख्ने समाचारले विश्वसनीयता गुमाउने छैन र भ्रष्टाचारविरुद्ध पत्रकारको जिम्मेवार उपस्थिति रहनेछ ।

नेपाल प्रेस युनियनका उपाध्यक्ष अनिल कर्णले पछिल्ला दिनमा पत्रकार र प्रेसमाथि हुँदै आएका हमलाका घटनाप्रति युनियन गम्भीर छ, यसर्थ प्रेस स्वतन्त्रताको रक्षार्थ आउनै लागेका चुनौतीलाई सामना गर्न आफनो साङ्गठनिक तथा कार्य योजना तय गर्ने बताउनुभयो।

जिल्ला अध्यक्ष श्रवणकुमार देवको अध्यक्षतामा सम्पन्न नेपाल प्रेस युनियन सप्तरी शाखाको यस अधिवेशनवाट आजै नयाँ कार्यसमिति चयन गर्न निर्वाचन प्रक्रिया अघि बढाइने सङ्गठनका केन्द्रीय प्रतिनिधि लोकराज अवस्थीले जानकारी दिनुभयो ।