• ८ मंसिर २०८१, शनिबार

हाम्रा बलात्कृत झुप्रा (कविता)

blog

एक आङ  कपास र एक पेट भातका निम्ति

युद्ध लडिरहनुपरेको अवस्थामा

जिन्दगीका सम्पूर्ण मानवीय ऊर्जालाई

अमानवीय लिलाम गराएर

हाम्रा झुप्राका टाटी र पर्खालहरू

सस्ता राजनीतिक नाराले टन्न भरिएका छन्,

हाम्रा जिन्दगीको सहराका भुप्रा

नजानिँदो किसिमले बलात्कृत हुँदै गइरहेछन् 

केवल भोटको राजनीतिका निम्ति

केवल स्वार्थका लागि

अनि हाम्रा राजनीतिक भनाउँदाहरू

हाम्रै टाउकामाथि टेकेर कुर्सीमा पुगिरहेछन्

र हामीलाई

कहाली लाग्दो अभावको भीरबाट 

धकेलिरहेछन् सदासदाका  लागि । 


चन्द्रपुर, रौतहट