काठमाडौं, साउन १२ गते। उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले गौचरस्थित सैनिक हवाई सेवाअन्तर्गतको मध्य एयर वेशको निरीक्षण गर्नुभएको छ। मध्य एयर वेशमा उपप्रधानमन्त्री खड्कालाई प्रधान सेनापति प्रभुराम शर्माले स्वागत गर्नुभयो।
अवलोकन भ्रमणका क्रममा उपप्रधान एवम् रक्षामन्त्री खड्काले सैनिक हवाई सेवा प्रमुख, पाइलट उपरथी आशिष नरसिंह राणाले त्यहाँको वस्तुस्थितिलगायत सैनिक हवाई सेवाका विविध गतिविधिबारे जानकारी गराउनुभएको छ।
उहाँले सोही अवसरमा मध्य एयर वेशमा रहेका सैनिक हवाई साधन तथा अन्य उपकरणको अवलोकन गर्नुभएको छ। सैनिक हवाई सेवाबाट हुने विपद् उद्धार, विकास निर्माण क्षेत्रमा हुने सम्पादनको प्रशंसासमेत गर्नुभएको छ।
अवलोकन भ्रमणपछि उपप्रधान तथा रक्षमन्त्रीको अध्यक्षतामा नेपाली सैनिक विमान चार्टर उडान विकास समितिको २५ औं बैठकसमेत बसेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय, जंगी अड्डाले विज्ञप्तिमार्फत् जानकारी गराएको छ।