• २४ वैशाख २०८१, सोमबार

आगलागी पीडितलाई राहत सहयोग

blog

पीडित भण्डारीलाई राहत सामग्री प्रदान गर्दै जनप्रतिनिधिहरु । तस्बिर : शिवराज ढुंगाना

शिवराज ढुंगाना 

अछाम, साउन ११ गते । आगलागी भएर घर जलेर नष्ट भएका पीडित अछाम सदरमुकाम मंगलसेनबजार निवासी मना भण्डारीलाई मङ्गलसेन नगरपालिकाले राहत सहयोग प्रदान गरेको छ । 

नगरपालिकाले पीडित भण्डारीलाई त्रिपाल, एक जोर ओढ्ने ओछ्याउने, प्रेसरकुकरसहित एक जोर भाँडाकुँडा प्रदान गरिएको नगरको विपद् शाखाका नरेशबहादुर कठायतले जानकारी दिनुभयो ।

त्रिपाल, चामल, दाल, मसला, चिनी, चियापत्ती, ब्रस, कोलगेटलगायतका सामग्री पीडितको घरमै पुगेर सहयोग गरेको छ । यस्तै, डसना, सिरक, तन्ना, सिरानी, प्रेसरकुकर, थाल, लोहोटा, कचौरा, ताप्के, डाडुपुन्यु, झाडुलगायतका सामग्री सहयोग गरिएको नगरपालिकाका पदाधिकारीले जनाएका छन् । 

राहत सामग्री मङ्गलसेन नगरपालिकाका वडा अध्यक्षहरू, कर्मचारी र स्थानीयको सहभागितामा हस्तान्तरण गरिएको छ । “पीडितलाई तत्काल राहत होस् भनेर नगरपालिकाले सहयोग गरेको हो” नगरपालिका विपद् शाखा प्रमुख कठायतले बताउनुभयो ।  

आज बिहान करिब ९ बजेतिर अछाम सदरमुकाम मंगलसेनबजार निवासी मना भण्डारीको घर जलेर नष्ट भएको थियो । नगरपालिकाको दमकल, सुरक्षाकर्मी र स्थानीयको सान्यमा आगोलाई नियन्त्रण लिए पनि घर, लत्ताकपडा, खाद्यान्न, नगद, जिन्सी सामग्री जलेर नष्ट भएको थियो ।