• ३० वैशाख २०८२, मङ्गलबार

आगोमा जलेर पुरुष घाइते

blog

साङ्केतिक तस्बिर

तिलाचन पाण्डे
तम्घास, साउन १० गते ।
खाना पकाउँदा आगोमा जलेर गुल्मीमा एक जना घाइते भएका छन् ।

जिल्लाको इश्मा गाउँपालिका– ५ का ३० वर्षीय गुन्जमान विकले मगङ्लबार राति खाना पकाउँदै गर्दा एक्कासी चक्कर लागेर आगोमा परी घाइते हुनुभएको हो ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले घाइते विकको घाँटी र अनुहारमा जलेकाले अवस्था गम्भीर रहेको जानकारी दिनुभयो ।

विकको पाल्पास्थित मिसन अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।