• १४ पुस २०८१, आइतबार

रास्वपा बझाङ जिल्ला संयोजक नगेन्द्र खड्का निलम्बन

blog

नगेन्द्र खड्का । फाइल तस्बिर

काठमाडौं, साउन ९ गते। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बझाङ जिल्ला संयोजक नगेन्द्र खड्कालाई निलम्बन गरेको छ। 

रास्वपाका महामन्त्री एवम् प्रवक्ता डा. मुकुल ढकालले पार्टीको अनुशासन समितिको बैठकले खड्कामाथि कारबाहीको निर्णय गरेको जानकारी दिनुभयो। 

खड्कामाथि बझाङका एक सञ्चारकर्मीमाथि हातपात गरेको आरोप लागेको थियो। रास्वपाको अनुशासन समितिले यसमाथि थप अनुसन्धान भइरहेको जनाएको छ।