• १५ मंसिर २०८१, शनिबार

परराष्ट्रमन्त्री साउद थाइल्याण्ड जानुहुँदै

blog

काठमाडौँ,  असार ३१ गते । परराष्ट्रमन्त्री नारायणप्रकाश साउद आज थाइल्याण्ड जानुहुने भएको छ । थाइल्याण्डले आयोजना गर्ने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) परराष्ट्र मन्त्रीहरुको रिट्रिटमा भाग लिन आज त्यसतर्फ जानुहुने भएको हो । 

परराष्ट्र साउदको नेतृत्वको प्रतिनिधिमण्डल आज दिउँसो १ः३० बजे थाइ एयरवेजबाट बैंकक प्रस्थान गर्ने मन्त्रालयले जनाएको छ । उहाँ सोमबार बिमस्टेकका परराष्ट्र मन्त्रीहरुको रिट्रिटमा सहभागी भइ मङ्गलबार स्वदेश फर्कनुहुनेछ । रासस