• १३ साउन २०८१, आइतबार

साताका सात तस्बिर

blog

म्याग्दीको धवलागिरी गाउँपालिका–२ मा रहेको नर्जा झरना । यो झरना गुर्जा, ढोरपाटन र गुरिल्ला पदमार्गको आकर्षण हो । तस्बिर : सन्तोष गौतम/रासस


सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका क्षेत्रमा मेलम्ची खोला वारपार गर्न स्थानीयले बनाएको काठ र बाँसको पुल । मेलम्चीमा दुई वर्षअघि आएको बाढीले पुल बगाएपछि स्थानीयले काठ र बाँसको पुल बनाएका हुन् । बाढीले पक्की पुल बनाएको क्षेत्रमा आलिहेसम्म पुल बन्न सकेको छैन । तस्बिर : मनोजरत्न शाही 


जाजरकोट सदरमुकाम खलङ्गाबाट देखिने रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको चौरजहारी क्षेत्र । तस्बिरः हेमन्त केसी/रासस


ललितपुरको ग्वार्को चोकमा निर्माणका क्रममा रहेको फ्लाइओभर । मुख्य लेनबन्द गरेर निर्माण सुरु भएको ६ महिनापछि डिजाइनमा समस्या भएको भन्दै काम रोकिएको छ।   । तस्बिरः सुजन गुरुङ


ललितपुरको गोदावरी नगरपालिकामा-२ विष्टछापमा  किसानहरुले  प्लास्टिकको ‘टनेल’मा गरेको  तरकारी खेती । तस्बिरः अर्चना झा/रासस


नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की धर्मपत्नी सीता दाहालप्रति श्रद्धाञ्जली अर्पण गर्न पशुपति आर्यघाट पुगेका  सर्वसाधारण । तस्बिरः  रत्न श्रेष्ठ/रासस


घोराही उपमहानगरपालिका १८ मसिना गाउँका महिलाहरु सोमबार रोपाइँमा भकारी बाध्दै (यसलाई पूर्वतर्फ खलो बार्नु भनिन्छ) । रोपाइँको अन्तिममा ठुलो गह्रामा फूल राखेको बिउको मुठाले गोलो घेरा बनाएर वरिपरिबाट रोप्ने चलन छ । यही प्रचलनलाई भकारी बाध्ने भनिन्छ, अहिले यो परम्परा लोप हुँदैछ । तस्बिर : कुलदीप न्यौपाने/रासस