• १४ मंसिर २०८१, शुक्रबार

विपन्न परिवारलाई घर

blog

मोरङको कानेपोखरी गाउँपालिकाले विपन्न परिवारका लागि निर्माण सम्पन्न गरिएको सुरक्षित आवास । तस्बिर: हरि

हरि कोइराला

उर्लाबारी, असार २८ गते । मोरङको कानेपोखरी गाउँपालिकाले थप ८ विपन्न परिवारलाई सुरक्षित आवास प्रदान गर्ने भएको छ । 

तराई मधेस समृद्धि कार्यक्रम अन्तरगत प्राप्त बजेटबाट पालिकाले निर्माण गरेका घर गत वर्षको संविधान दिवसका दिन ६ परिवारलाई  हस्तान्तरण गरेको थियो । आफ्नो जमिन नभएका र कमाउन पनि नसक्ने अति विपन्न परिवारलाई घर प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष राजमति इङ्नामले बताउनुभयो । आँगनमा पानी पिउने ट्युबवेल, शौचालयसहितको दुईकोठे घर पाएपछि ६ परिवारले आफ्नो श्रमबाट प्राप्त आम्दानीलाई छोराछोरी पढाउनका लागि खर्च गर्न थालेका छन् । 

आर्थिक वर्ष २०७९÷०८० मा पनि पालिकाले ४ वटा घर निर्माण गरेको छ । पालिकाले खरिद गरेको जमिनमा उत्तरतर्फबाट घर निर्माण गर्न थालिएको थियो । यो पटक भने पालिकाले ४ वटा घरमा ८ परिवार बस्ने मिल्ने बनाएको छ । अध्यक्ष इङ्नामले भन्नुभयो–‘४ परिवारको आँगन उत्तर फर्किएको हुनेछ भने ४ परिवारको आँगन दक्षिण फर्किएको हुनेछ । कुनै पनि परिवारलाई अघि वा पछि बसेको अनुभूति नहोस् भन्ने उद्देश्यले एउटै घरको दुवैतर्फ मुख बनाइएको उहाँको भनाइ छ ।