काठमाडौं, असार २७ गते । सङ्घीय संसद्अन्तर्गतको राष्ट्रिय सभा बैठक आज (बुधबार) बस्दैछ । संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ः०१ बजेका लागि बैठक बोलाइएको छ ।
आजको बैठकमा विनियोजन विधेयक २०८० निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची छ ।
यसअघि विनियोजन विधेयकमाथि उठेका प्रश्वको सम्बन्धित मन्त्रीहरुले जवाफ दिने कार्यक्रम तय भएको छ । त्यस्तै खर्च कटौतीसम्बन्धी प्रस्तावलाई बैठकमा निर्णयार्थ प्रस्तुत गरिने कार्यतालिका रहेको सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमले जानकारी दिनुभयो ।
यसैगरी, बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०८० लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको कार्यतालिकामा उल्लेख छ ।