काठमाडौँ, असार २५ गते । वीर अस्पतालमा बिहान ८ बजेदेखि बहिरङ्ग सेवा (ओपिडी) सञ्चालन हुने भएको छ ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति डा. भूपेन्द्रकुमार बस्नेतले न्याम्सको बैठकले आगामी साउन १ गतेदेखि वीर अस्पतालको ओपिडी सेवा बिहान ८ बजेदेखि गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।
उहाँले यसबाट बिरामीलाई धेरै राहत हुने बताउनुभयो । अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले उपचार सेवालाई थप सहज बनाउन बिहानको समयमा उपचार सेवा सुरु गर्न लागिएको बताउनुभयो । वीरमा हाल दैनिक दुई हजार पाँच सय बिरामी आउने गरेका छन् ।