• ११ असोज २०८१, शुक्रबार

प्रमुख तीन दलका शीर्ष नेताको बैठक सुरु

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आइतबार सिंहदरबारमा संसद् सञ्चालन गर्ने विषयमा बैठक बस्दै । तस्बिरः प्रदीपराज वन्त

काठमाडौँ, साउन २४  गते । प्रमुख प्रतिपक्षीलगायतले गरेको सङ्घीय संसद्को अवरोध खुलाउने विषयमा प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताको बैठक सुरु भएको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा  सुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली काग्रेसका सभापति शेरबहादुर देउवा सहभागी हुनुहुन्छ । 

गत बुधबारदेखि सङ्घीय संसद्का दुवै सदनको बैठक प्रमुख प्रतिपक्षीलगायतका दलले अवरोध गरेका कारण अगाडि बढ्न सकेको छैन । अवरोधका कारण मिटरब्याज पीडितलाई न्याय दिनका लागि अगाडि बढाइएको विधेयक निष्क्रिय भएको छ । यस्तै, अन्य महत्वपूर्ण विधेयकहरु समेत अगाडि बढ्न सकेको छैन । राष्ट्रियसभाको आजको बैठक पनि एमालेको विरोधपछि सोमबार बिहान ११ः०१ बजेसम्मका लागि स्थगित भएको छ । रासस