• ७ जेठ २०८१, सोमबार

बजेटको पक्षमा मतदान गर्ने नेकपा एसको निर्णय

blog

काठमाडौं, असार १३ गते । नेकपा (एकीकृत समाजवादी) ले बजेटको पक्षमा मतदान गर्ने भएको छ ।

बुधबार संसद् भवन नयाँ बानेश्वरमा बसेको नेकपा एस संसदीय दलको बैठकले बजेटको पक्षमा मतदान गर्ने निर्णय गरेको सांसद अम्मर बहादुर थापाले जानकारी दिनुभयो ।

बिहान ११ बजेदेखि सुरु भएको प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट पारितको प्रस्ताव प्रस्तुत हुँदैछ ।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयमाथि सांसदहरूले उठाएको प्रश्नको जवाफ दिनुहुने कार्यसूची छ ।