• ७ पुस २०८१, आइतबार

चीन भ्रमण लगानी र व्यापार प्रवर्द्धनका लागि हुनेछ : उपप्रधानमन्त्री श्रेष्ठ

blog

उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ

काठमाडौं, असार १० गते । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मंगलवारबाट हुने आफ्नो चीन भ्रमण लगानी र व्यापार प्रवर्द्धनका लागि हुने बताउनुभएको छ ।

आइतवार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनु भएको हो । उहाँले चीनको सिचुआन प्रान्तस्थित छिन्दुमा आयोजना हुने ट्रेड इन्भेस्टमेन्टसम्बन्धी एक्स्पोमा विशेष अतिथिको रुपमा आफू जान लागेको बताउनु भयो । 

उहाँले छिन्दु नेपालबाट चीन प्रवेश गर्ने नाका भएकाले पनि आफू सो कार्यक्रममा सहभागी हुनुले आर्थिक समृद्धिको एजेण्डालाई केही राहत मिल्ने र लगानी भित्र्याउन सकिने आश रहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘‘सिचुआन प्रान्तमा एउटा एक्स्पो गरिएको छ । छिन्दुमा एउटा एक्स्पोको आयोजना गरिएको छ,  ट्रेड इन्भेष्टमेण्ट सम्बन्धी ।हाम्रो इन्भेष्टमेण्ट ट्रेडको बारेमा छलफल हुन्छ । किनभने छिन्दु चीन प्रवेशको नाका हो । हाम्रो अहिलेको प्रमुख एजेण्डा आर्थिक समृद्धि हो । त्यसैले लगानी र व्यापार  प्रबर्धनका बारेमा छलफल हुन्छ ।’’

मन्त्री श्रेष्ठ आगामी मंगलवारबाट शुक्रवारसम्मका लागि चीन भ्रमणमा जाँदै हुनुहुन्छ ।