• २० असोज २०८१, आइतबार

भूतपूर्व सैनिक तामाङ मृत फेला

blog

कोकिला भण्डारी

धनकुटा, असार ८ गते । मर्निङ वाकमा निस्केका धनकुटा नगरपालिका –४ स्कुलडाँडामा धनबहादुर तामाङ मृत फेला पर्नुभएको छ । कोशी राजमार्ग अन्तर्गत धनकुटा –४ स्थित स्कुलडाँडानजिक सडकको नालीमा शुक्रबार धनकुटा –६ का ४५ वर्षीय धनबहादुर तामाङको शब भेटिएको प्रहरीले जनाएको छ ।  

मर्निङ वाकमा हिड्दैगरेका तामाङलाई स्थानीयले मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । नालीमा घोप्टो परेको अवस्थामा शव फेला परेको प्रहरीको भनाइ छ । मृतक भूतपूर्व सैनिकसमेत हुनुहुन्थ्यो ।

उहाँ छिमेकमा किरियापुत्री कुरेर राति साढे १२ बजे घर फर्किनुभएको थियो । तामाङको धनकुटा अस्पतालमा पोष्टमार्टमपछि परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रमुख एसपी कृष्णप्रसाद कोइरालाले बताउनुभयो ।